News Portal

‘बहिनी सम्झिने ती दाइहरू कहाँ छन् ?’

हिमालीसंचार संवाददाता
३८९ पटक

मखमली फुले सयपत्री फुले जाईहरू कहाँ छन्
तिहार लाग्यो सेलरोटी पोल्ने ताइहरू कहाँ छन् ?

चाड पर्वले निमन्त्रण गरी बाटो कुरेको यो बेला
मुग्लानबाट फर्की आउने ती भाइहरू कहाँ छन् ?

बाल्यकालकै याद ओढी शरद खुलेको यो बेला
माइतीघराँ गोठालो लाग्ने ती गाईहरू कहाँ छन् ?

उसबेला सम्झि मनमा ढुकढुकी बढेको यो बेला
भैलेनी गाउँदै भेल पारेका ती पाईहरू कहाँ छन् ?

धपक्कै पानस झझल्को बोकी जलेको यो बेला
टीका लगाई पँधेरी धाउने ती साइहरू कहाँ छन् ?

रित्तो निधारमै परदेशीहरू टोलाईरहेको यो बेला
खाडीबाटै बहिनी सम्झिने ती दाइहरू कहाँ छन् ?

– प्रथा
काठमाडौँ, नेपाल।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...