News Portal

कोरोनाका बिरामीले अब दिनमा २ चक्की खाए निको हुने, पहिलोपल्ट बेलायतले दियो अनुमति !

हिमालीसंचार संवाददाता
४७५ पटक

एजेन्सी। 
कोरोना भाइरस संक्रमण भएर लक्षण देखिने कोभिडका बिरामीहरूले खाने औषधि प्रयोगमा आएको छ। लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ।

‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की भर्खरै कोभिडको लक्षण देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। उक्त चक्कीले कोरोना लागेपछि अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

शुरूमा यो औषधि रुघाखोकीको उपचारका लागि विकास गरिएको थियो। तर कोरोनामा यसले धेरै लाभदायक काम गरेपछि प्रयोगका लागि अनुमति दिइएको हो। बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो औषधि ‘महत्त्वपूर्ण’ हुने बताएका छन्।

यसलाई विश्वकै पहिलो अनुमोदित चक्की भनिएको जो कोरोना लागेपछि उपचार गर्नमा प्रभावकारी देखिएको छ। स्वास्थ्यमन्त्री जाविदले भनेका छन्, ‘हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो। कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ।’

विश्वकै पहिलो !
कोभिड विरुद्धको यो नै पहिलो ओखती हो, जसलाई सुईको सट्टामा मुखबाट खान सकिन्छ। बिबिसीका अनुसार कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ।

संस्थाकी प्रमुख कार्यकारी जुन रेनले कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल औषधि रहेको बताएकी छन्। उनले भनेकी छन्, ‘यो महत्त्वपूर्ण छ किनकि कोभिड गम्भीर अवस्थामा पुग्नुअघि अस्पतालबाहिर पनि यसको प्रयोग गर्न सकिन्छ।’

खरिद सम्झौता !
मोल्न्यूपिरभीर औषधि अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएका हुन्। याे क्याप्सुल वा चक्कीमा उपलब्ध रहेकाे बताइएकाे छ।

बेलायतले उत्पादक कम्पनीहरुसँग यो औषधिको प्रयोगको अनुमति दिएसँगै पहिलो पटक यही वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर चक्की खरिद गर्ने सम्झौता गरेको छ।

साथै उसले हाल अमेरिकी कम्पनी फाइजरलेसमेत विकास गर्दै गरेको सोही प्रकृतिको चक्की पनि २ लाख ५० हजार खरिद गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...