News Portal

लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने नेपालले यसपालि बेच्यो

हिमालीसंचार संवाददाता
३८३ पटक

काठमाडौँ।
विगतका वर्षहरूमा तिहारका बेला उपभोक्ताको माग धान्न नसकेर लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने गरेकाे नेपाल यसपालि बेच्न सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको हो।

यस वर्ष लक्ष्मीपूजाका दिन विद्युतको उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको र देशभर बिनाअवरोध आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाट हाराहारी पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत आपूर्तिको व्यवस्था मिलाएकाे थियो।

प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन साँझ सवा ६ बजे पिक डिमान्ड १२७० मेगावाट रेकर्ड गरेको हो। गत वर्ष लक्ष्मीपूजाका दिन पिक डिमान्ड ११२३ मेगावाट थियो। गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाका दिन पिक डिमान्ड १४७ मेगावाट बढी भएको हो।

विगतका वर्षमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको हो। यस्तै यस वर्ष लक्ष्मीपूजाका दिन संघीय राजधानी काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको पिक डिमान्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ। गत वर्ष यस क्षेत्रको पिक डिमान्ड २९६ मेगावाट थियो।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमान्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ। यो डिमान्ड गत असोज १० गतेको हो। सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ। यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमान्ड हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरू विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोलीले स्युचाटारस्थित भारप्रेषण केन्द्र पुगी लक्ष्मीपूजाका दिन विद्युत माग र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएको थियो।

यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तलाई आग्रह गरेको थियो।

प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...