News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने नेपालले यसपालि बेच्यो

    हिमालीसंचार संवाददाता
    २४० पटक

    काठमाडौँ।
    विगतका वर्षहरूमा तिहारका बेला उपभोक्ताको माग धान्न नसकेर लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने गरेकाे नेपाल यसपालि बेच्न सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको हो।

    यस वर्ष लक्ष्मीपूजाका दिन विद्युतको उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको र देशभर बिनाअवरोध आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाट हाराहारी पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत आपूर्तिको व्यवस्था मिलाएकाे थियो।

    प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन साँझ सवा ६ बजे पिक डिमान्ड १२७० मेगावाट रेकर्ड गरेको हो। गत वर्ष लक्ष्मीपूजाका दिन पिक डिमान्ड ११२३ मेगावाट थियो। गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाका दिन पिक डिमान्ड १४७ मेगावाट बढी भएको हो।

    विगतका वर्षमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको हो। यस्तै यस वर्ष लक्ष्मीपूजाका दिन संघीय राजधानी काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको पिक डिमान्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ। गत वर्ष यस क्षेत्रको पिक डिमान्ड २९६ मेगावाट थियो।

    चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमान्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ। यो डिमान्ड गत असोज १० गतेको हो। सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ। यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमान्ड हो।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरू विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोलीले स्युचाटारस्थित भारप्रेषण केन्द्र पुगी लक्ष्मीपूजाका दिन विद्युत माग र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएको थियो।

    यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तलाई आग्रह गरेको थियो।

    प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

    प्रतिकृया दिनुहोस्

    रोल्पामा निर्दोष कुकुरको क्रूर हत्या : दुई किशोर पक्राउ, एक अझै फरार

    रोल्पा, वैशाख ७ – रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–७ स्थित हारजङ भन्ने गाउँमा एक हृदयविदारक घटना...

    राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

    काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित...

    काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

    काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक...

    काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै...

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...