News Portal

  • साहित्य श्रृंखला हङकङद्वारा स्व. राईको नाममा प्रतिभा पुरस्कारको स्थापना

    हिमालीसंचार संवाददाता
    २९५ पटक

    युवा राई/हङकङ – हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा केही दिन अगाडी मात्रै नेपाल भ्रमणका क्रममा असामयीक निधन भएका पत्रकार एवं साहित्य श्रंखलाका सल्लाहकार समेत रहेका स्व.किसन राई प्रति आइतबार शोक सभाको आयोजना गर्दै स्व.किसन राईको स्मृतिमा ‘स्व.किसन राई प्रतिभा पुरस्कार’ को स्थापना गरेको छ।

    श्रृंखलाकी सह–संयोजक गीता अधिकारीद्धारा स्व.किसन राईको संक्षिप्त जिवनी सुनाएसंगै एक मिनट मौनधारण पश्चात १०६ औं श्रृंखला विशेष शोक सभामा उपस्थित साहित्यकार तथा साहित्यानुरागीहरुद्धारा श्रृंखलाका सल्लाहकार समेत रहेका चित्रकार दिपेन्द्र राईद्धारा चित्रित स्व.किसन राईको तस्वीरमा खादा तथा पुष्पगुच्छा चढाइएको थियो ।

    मन्तव्य राख्ने क्रममा स्व.किसन राईको असामयीक निधनले सामाजिक क्षेत्रसंगै साहित्य र पत्रकारिता क्षेत्रमा समेत अपुरणीय क्षति पुगेको बताउदै स्व.राईको स्मृतिमा साहित्य श्रृंखला परिवारद्धारा ‘स्व.किसन राई प्रतिभा पुरस्कार’ को स्थापना गरिएको घोषणा गर्दै हङकङमा रहेर नेपाली भाषा, साहित्य, कला र पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने एक जनालाई प्रत्येक वर्ष साहित्य श्रृंखलाको वार्षिकोत्सवको अवसरमा हङकङ डलर १ हजार १ सय ११ नगद पुरस्कार सहित ताम्रपत्रद्धारा सम्मान गर्ने जानकारी गराए । 

    शोक मन्तव्यकै क्रममा नयाँपेजका संचालक तथा ब्रिटिश गोर्खा भू.पू. सैनिक संघ हङकङका निवर्तमान अध्यक्ष हेम प्रताप गुरुङले स्व.राईले नेपाली समाजलाई दिएको योगदानको कदर गर्दै आफू हङकङ रहेसम्म स्व.किसन राईको स्मृतिमा साहित्य श्रृंखलाद्धारा वितरण गरिने प्रतिभा पुरस्कारको नगद रकम व्यक्तिगत रुपमा प्रायोजन गर्ने घोषणा गरेका थिए ।

    श्रृंखलाएँ सल्लाहकार चन्द्र मादेन ‘आन्छन’, टोपबहादुर याक्खा, लालबहादुर गुरुङ, सुनिता गिरी, पूर्णिमा शाह, दिपेन्द्र राईका साथै शोक सभामा उपस्थित साहित्यकारहरु जुनु राना, नरेन्द्र गुरुङ, सन्ध्या क्षेत्री, ईन्द्र राना लगायतले समेत शोक मन्तव्य राख्ने क्रममा हङकङेली नेपाली समुदायमा स्व.राईको योगदानलाई सम्झिएका थिए ।

    हङकङमा दुई दशक भन्दा बढी एभरेष्ट छापा पत्रिका तथा अनलाइन संस्करण एभरेष्टखबर डटकमका प्रकाशक एवं सम्पादक रहि पत्रकारितासंगै साहित्य तथा नेपाल पत्रकार संघ हङकङ, नेपाली आदिवासी जनजाति महासंघ हङकङ, नेपाली साहित्य परिषद हङकङ, एनआरएनए हङकङ लगायत दर्जनौं संघसंस्थाहरुमा आवद्ध रही समाजसेवामा अनवरत लागि परिरहेका स्व.राईको नेपाल भ्रमणका क्रममा २४ अक्टोबर २०२१ मा अचानक भीरबाट खस्दा असामयीक निधन भएको खबरहरु आइरहेको थियो।

    देश विदेशमा रहेका वहाँका धेरै शुभचिन्तक, वहाँसंग आवद्ध संघ संस्था तथा परिवारजनहरुबाट घटना प्रायोजित वा दुर्घटना नै थियो छानविन गर्नु पर्ने आवाजहरु उठाइरहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...