News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीले भने- नेपालमा लगानी भित्र्याउनु, सरकारले सुविधा दिन्छ

    हिमालीसंचार संवाददाता
    १९५ पटक

    लण्डन।
    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी बढाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्यहरुलाई आग्रह गरेका छन्। संघले शनिबार बेलायतको राजधानी लण्डनमा गरेको एक कार्यक्रममा सम्बोधनका क्रममा देउवाले लगानी भित्र्याएमा आवश्यक सुविधा दिन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्।

    देउवाले नेपालमा कोरोना नियन्त्रणका लागि गैरआवासीय नेपालीले ठूलो भूमिका खेलेको पनि बताएका छन्। उनले कोरोनाविरुद्धको खोपका लागि एनआरएनले नेपाल सरकारलाई धेरै सहयोग गरेको पनि बताए। एनआरएनएको भूमिकाप्रति खुसी भएका देउवाले उनीहरुको कामको प्रशंसा पनि गरे। देउवाले नेपाल अब चाँडै कोभिड-१९ मुक्त भएपछि विकासले पनि गति लिने बताएका छन्।

    कार्यक्रममा एनआरएनएको अध्यक्षमा उठ्न लागेका बेलायत निवासी कुल आचार्यले विभिन्न मागसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। त्यस्तै एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बूले देउवासमक्ष विभिन्न मागसहित ज्ञापन पत्र पेश गरे।

    भेटका क्रममा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले देउवासँग आफूहरुलाई यथाशक्य चाँडो दोहोरो नागरिकताको सुविधा दिन माग गरेका छन्। उनीहरुले बेलायती गोर्खा सैनिकहरूको समस्या समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने आवाज पनि उठाएका छन्।

    एनआरएनहरुले देउवासँग नेपालबाट सिधै बेलायतमा हवाई उडान हुनुपर्ने अर्को माग पनि राखेका छन्। उनीहरुले राजनीतिक माग पनि देउवासँग राखेका छन्। विदेशमा लाखौँ नेपाली रहेकाले उनीहरुलाई आफ्नो कार्यस्थलबाटै मतदानमा सहभागी हुने व्यवस्थाका लागि कानुन बनाउन पनि आग्रह गरेका छन्।

    गैरआवासीय नेपालीहरुले अझै पनि नेपालमा विदेशी लगानी लैजान सहज वातावरण नरहेको गुनासो गरेका थिए। उनीहरुले वैदेशिक लगानीका लागि सहज वातावरण बनाउन पनि देउवालाई भनेका छन्।

    सांसदसँग भेटवार्ता !
    प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शनिबारै भेट भएको छ।

    यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताए।

    द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए।
    उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन्।
    प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तर रूपमा प्राप्त सहयोगको सराहना गरेको सचिव पौड्यालले बताए।

    यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घ खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा बेलायत पुगेर देउवाले भेटवार्ता गरेका हुन्।

    भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, यहाँस्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत थिए।

    प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार बेलायतमै रहनेछ। टोलीले विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।

    एनआरएनएको ज्ञापनपत्र यस्तो छ:

     

     

    प्रतिकृया दिनुहोस्

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...

    नवलपरासीमा चार महिनाको बालकमाथि आमाबुवाको हिंसा, उपचारको क्रममा निधन

    वैशाख ९, मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको...