News Portal

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीले भने- नेपालमा लगानी भित्र्याउनु, सरकारले सुविधा दिन्छ

हिमालीसंचार संवाददाता
३१६ पटक

लण्डन।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी बढाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्यहरुलाई आग्रह गरेका छन्। संघले शनिबार बेलायतको राजधानी लण्डनमा गरेको एक कार्यक्रममा सम्बोधनका क्रममा देउवाले लगानी भित्र्याएमा आवश्यक सुविधा दिन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्।

देउवाले नेपालमा कोरोना नियन्त्रणका लागि गैरआवासीय नेपालीले ठूलो भूमिका खेलेको पनि बताएका छन्। उनले कोरोनाविरुद्धको खोपका लागि एनआरएनले नेपाल सरकारलाई धेरै सहयोग गरेको पनि बताए। एनआरएनएको भूमिकाप्रति खुसी भएका देउवाले उनीहरुको कामको प्रशंसा पनि गरे। देउवाले नेपाल अब चाँडै कोभिड-१९ मुक्त भएपछि विकासले पनि गति लिने बताएका छन्।

कार्यक्रममा एनआरएनएको अध्यक्षमा उठ्न लागेका बेलायत निवासी कुल आचार्यले विभिन्न मागसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। त्यस्तै एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बूले देउवासमक्ष विभिन्न मागसहित ज्ञापन पत्र पेश गरे।

भेटका क्रममा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले देउवासँग आफूहरुलाई यथाशक्य चाँडो दोहोरो नागरिकताको सुविधा दिन माग गरेका छन्। उनीहरुले बेलायती गोर्खा सैनिकहरूको समस्या समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने आवाज पनि उठाएका छन्।

एनआरएनहरुले देउवासँग नेपालबाट सिधै बेलायतमा हवाई उडान हुनुपर्ने अर्को माग पनि राखेका छन्। उनीहरुले राजनीतिक माग पनि देउवासँग राखेका छन्। विदेशमा लाखौँ नेपाली रहेकाले उनीहरुलाई आफ्नो कार्यस्थलबाटै मतदानमा सहभागी हुने व्यवस्थाका लागि कानुन बनाउन पनि आग्रह गरेका छन्।

गैरआवासीय नेपालीहरुले अझै पनि नेपालमा विदेशी लगानी लैजान सहज वातावरण नरहेको गुनासो गरेका थिए। उनीहरुले वैदेशिक लगानीका लागि सहज वातावरण बनाउन पनि देउवालाई भनेका छन्।

सांसदसँग भेटवार्ता !
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शनिबारै भेट भएको छ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताए।

द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए।
उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन्।
प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तर रूपमा प्राप्त सहयोगको सराहना गरेको सचिव पौड्यालले बताए।

यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घ खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा बेलायत पुगेर देउवाले भेटवार्ता गरेका हुन्।

भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, यहाँस्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत थिए।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार बेलायतमै रहनेछ। टोलीले विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।

एनआरएनएको ज्ञापनपत्र यस्तो छ:

 

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...