News Portal

मोरङ जिल्लाको रंगेली नगरपालिकामा इजलासको स्थापना

हिमालीसंचार संवाददाता
२६४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दे मोरङको रंगेलीमा इजलासको उद्घाटन गरेको छ ।

नगरमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले विस २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था भए बमोजिम नेपालको संविधानको धारा २१७ बमोजिम न्यायिक समितिको गठन हुने भनिए पछि सोही व्यवस्थालाई कार्यान्वयन गर्दे स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६,  ५३ सम्म न्यायिक समितिको क्षेत्राधिकार तथा न्यायिक प्रक्रियाको बारेमा उल्लेख भई स्थानीय स्तरमा न्यायिक सम्पादनको अभ्यास गरिदै आएको थियो। 

सोही अनुरुप रंगेली नगरपालिकाले न्यायिक समिति मार्फत स्थानीय स्तरमा रहेका न्यायिक समस्याहरुको छलफल र न्याय सम्पादन गर्द आईरहेको थियो । सहज र सरलताका लागि रंगेली नगरपालिकाले इजलास निर्माण गर्नका लागि एक कार्यक्रम आयोजना गर्दे पालिकाले इजलासको उद्घाटन गरेको छ । 

आयोजित कार्यक्रमको प्रमुख अतिथि  उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीस तिलक प्रसाद श्रेष्ठका अनुसार  न्याको अगाडि  कोहि पनि सानो र ठुलो नहुने र सबै समान रहने, न्याय भन्ने  कुरा न्यायाधीशको बपौतीको विषय ह‌ुन्। न्याय संबन्धित सरोकार वालाको बिषय भएको प्रष्ट समेत पारेका छन । 

उनले भने रंगेली नगरपालिकाले इजलासको स्थापना गरेर सराहनीय काम समेत गरेको उनले बताए । कार्यक्रममा  नगर प्रमुख दिलिप वगडिया, न्यायिक समिति संयोजक केशव कुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की, उच्च अदालत विराटनगरका शखिआपश्री ओमराज पुर्ण, न्यायिक समिति संयोजक सुनवर्षीका   मञ्जु कुमारी राई, धनपालथानका नसिमा बानु, कानेपोखरी  राजमती इङ्गनाम, न्यायिक समिति, रंगेलीका सदस्य रुपेश कुमार मण्डल, श्री उर्मिला देवी मण्डल र कानुनी सल्लाहाकार जगन फुयल, इलाका प्रहरी कार्यालय रंगेली प्रमुख अनमोल खड्का लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो तथा उच्च अदालतलाई कम्पुटर प्रदान गरिएको थियो। न्यायिक समितिका संयोजक  केशव कुमारी खरालले भनिन् “रंगेलीमा स्थापना भएको इजलासका लागि उच्च अदालतबाट एक जना कर्मचारीमा व्यवस्थापन गरिदिएमा आफूहरुलाई छलफल र बहस गर्नेका लागि  सहज हुने अपेक्षा समेत राखिएको उनले बताईन ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...