News Portal

  • मोरङ जिल्लाको रंगेली नगरपालिकामा इजलासको स्थापना

    हिमालीसंचार संवाददाता
    २०६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दे मोरङको रंगेलीमा इजलासको उद्घाटन गरेको छ ।

    नगरमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले विस २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था भए बमोजिम नेपालको संविधानको धारा २१७ बमोजिम न्यायिक समितिको गठन हुने भनिए पछि सोही व्यवस्थालाई कार्यान्वयन गर्दे स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६,  ५३ सम्म न्यायिक समितिको क्षेत्राधिकार तथा न्यायिक प्रक्रियाको बारेमा उल्लेख भई स्थानीय स्तरमा न्यायिक सम्पादनको अभ्यास गरिदै आएको थियो। 

    सोही अनुरुप रंगेली नगरपालिकाले न्यायिक समिति मार्फत स्थानीय स्तरमा रहेका न्यायिक समस्याहरुको छलफल र न्याय सम्पादन गर्द आईरहेको थियो । सहज र सरलताका लागि रंगेली नगरपालिकाले इजलास निर्माण गर्नका लागि एक कार्यक्रम आयोजना गर्दे पालिकाले इजलासको उद्घाटन गरेको छ । 

    आयोजित कार्यक्रमको प्रमुख अतिथि  उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीस तिलक प्रसाद श्रेष्ठका अनुसार  न्याको अगाडि  कोहि पनि सानो र ठुलो नहुने र सबै समान रहने, न्याय भन्ने  कुरा न्यायाधीशको बपौतीको विषय ह‌ुन्। न्याय संबन्धित सरोकार वालाको बिषय भएको प्रष्ट समेत पारेका छन । 

    उनले भने रंगेली नगरपालिकाले इजलासको स्थापना गरेर सराहनीय काम समेत गरेको उनले बताए । कार्यक्रममा  नगर प्रमुख दिलिप वगडिया, न्यायिक समिति संयोजक केशव कुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की, उच्च अदालत विराटनगरका शखिआपश्री ओमराज पुर्ण, न्यायिक समिति संयोजक सुनवर्षीका   मञ्जु कुमारी राई, धनपालथानका नसिमा बानु, कानेपोखरी  राजमती इङ्गनाम, न्यायिक समिति, रंगेलीका सदस्य रुपेश कुमार मण्डल, श्री उर्मिला देवी मण्डल र कानुनी सल्लाहाकार जगन फुयल, इलाका प्रहरी कार्यालय रंगेली प्रमुख अनमोल खड्का लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो तथा उच्च अदालतलाई कम्पुटर प्रदान गरिएको थियो। न्यायिक समितिका संयोजक  केशव कुमारी खरालले भनिन् “रंगेलीमा स्थापना भएको इजलासका लागि उच्च अदालतबाट एक जना कर्मचारीमा व्यवस्थापन गरिदिएमा आफूहरुलाई छलफल र बहस गर्नेका लागि  सहज हुने अपेक्षा समेत राखिएको उनले बताईन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोटेश्वर भाटभटेनीमा भेटिएका युवकको पहिचान, मृत्यु हुने संख्या ७४

    काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ। काठमाडौं...

    ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने तयारी

    काठमाडौं, असोज १ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री कुलमान घिसिङले पहिलो...

    एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

    काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको...

    सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

    काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको...

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...