News Portal

विद्यार्थीको कान फुटाउने प्रधानाध्यापक पक्राउ

हिमाली संचार संवाददाता
५२३ पटक

चितवन – विद्यालयमा ढिला आएको भन्दै विद्यार्थी कुट्ने नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठले कान फुटाइदिएका थिए । नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

नवलपुर प्रहरीको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक टीकाराम पोखरेलले पक्राउ परेका श्रेष्ठको ८ दिनको म्याद थप गरिएको जानकारी दिए । कुटपिट एवं अंगभंग गर्ने महलमा उनीविरुद्ध मुद्दा चलाइएको छ ।

पीडित खुमानका बुवा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा असोज ५ गते किटानी जाहेरी दिएका थिए । भरतपुर अस्पतालका नाक, कान घाँटी रोग विज्ञषेश डा. रमेश भण्डारीका अनुसार प्रधानाध्यापकको कुटाइबाट खुमानको कानको जालीमा क्षति भएको छ । उनको सुन्ने क्षमतामा समेत कमी आएको डा. भण्डारीको भनाइ छ ।

घरबाट झण्डै डेढ घण्टा हिँडेर विद्यालय पुग्ने गरेका खुमानसहितका १० विद्यार्थीले प्रअ श्रेष्ठले १५ मिनेट ढिला आएको भन्दै लाइन लगाएर चुटेका थिए । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...