News Portal

आगामी २९ ओक्टोबरमा एनआरएन कुवेतद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

हिमालीसंचार संवाददाता
३४३ पटक

कुवेत – गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा आगामि शुक्रबार २९ अक्टोबरका दिन नि:शुल्क स्वास्थ्य शिवीर संचालन हुने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसीको संयोजकत्वमा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता संगै सो शिविर संचालन हुन लागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए। 

कुवेतमा विभिन्न किसिमले स्वास्थ्य चेकजाँचबाट बञ्चित हुन पर्दा कुवेतमा नेपालीहरुको मृत्युदर बढेको भन्दै यो कार्यक्रमको अत्यावश्यक रहेको बताएका छन। शिबिरमा  ब्लड प्रेसर, सुगर, ईजीजी, एक्स-रे र डाक्टर कन्सुल्ट्रेशन गराउन सक्ने अध्यक्ष लामाले बताए । आवस्यकता हेरेर पिसीआर र कोलेस्ट्रोल समेत जाच गर्न सकिने जनाईएको छ। 

पछिल्लो समय अवैधानिक नेपालीहरु तथा कुवेतको श्रमबजारमा न्यून तलवमा काम गरिरहेका नेपालीहरु स्वास्थ्य चेकजाँच तथा समयमा उपचार गराउन नसक्दा अकालमै ज्यान गुमाइरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको र यसलाइ न्यूनीकरण गर्न यस्तो खाले कार्यक्रमको निक्कै महत्त्व रहेकोले यस्तो कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ। यसका लागि एनआरएन कुवेतले विभिन्न स्वास्थ्य प्रादायक कम्पनीहरुसंग समन्वय गरेर छुटको ब्यबस्था गर्ने तयारी गरिरहेको र केही दिनमा नै नेपालीहरुले प्रत्यक्ष लाभ लिन सक्ने गरि छुट कार्डको ब्यबस्था हुने बताएका छन। 

यस नि:शुल्क स्वास्थ्य सिविरमा उपस्तिथित हुने नेपाली समुदायका लागि मेट्रो मेडिकलबाट २०% छुट कार्डको समेत ब्यबस्था गरेको छ। कुवेतमा विभिन्न किसिमले अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुले कुवेतको सिभिल आइडिको कपि वा पासपोर्टको कपि लिएर यो अवसरको फाइदा लिनका लागि अध्यक्ष लामाले अनुरोध समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...