News Portal

खुर्सिदको हत्यामा संलग्न सात समुद्र पार भए पनि ल्याउँछौं : गृहमन्त्री बादल

हिमाली संचार संवाददाता
५०५ पटक

सुनसरी – भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मृतक अन्सारीकी श्रीमती मौलानालाई चेक हस्तान्तरण गरेका हुन् । सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि उपस्थित थिए।

उनले घटनामा संलग्न अपराधी सात समुद्र पार भए पनि कानुनी दायरामा ल्याइ छाड्ने बताए । ‘देश स्थिरतातर्फ जान रोक्ने शक्तिले खुर्सिदमाथि आक्रमण गरेको हो’, थापाले भने ।

सोही अवसरमा आलमको परिवारलाई शहिद घोषणाको प्रमाण पत्र समेत प्रदान गरिएको छ । अन्सारी हत्याको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...