News Portal

खुर्सिदको हत्यामा संलग्न सात समुद्र पार भए पनि ल्याउँछौं : गृहमन्त्री बादल

हिमाली संचार संवाददाता
५४३ पटक

सुनसरी – भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मृतक अन्सारीकी श्रीमती मौलानालाई चेक हस्तान्तरण गरेका हुन् । सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि उपस्थित थिए।

उनले घटनामा संलग्न अपराधी सात समुद्र पार भए पनि कानुनी दायरामा ल्याइ छाड्ने बताए । ‘देश स्थिरतातर्फ जान रोक्ने शक्तिले खुर्सिदमाथि आक्रमण गरेको हो’, थापाले भने ।

सोही अवसरमा आलमको परिवारलाई शहिद घोषणाको प्रमाण पत्र समेत प्रदान गरिएको छ । अन्सारी हत्याको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...