News Portal

यमनमा अढाई सय बढी हुथी विद्रोही मारिएको साउदीको दाबी

हिमालीसंचार संवाददाता
३३५ पटक

यमन। यमनमा पछिल्लो तीन दिनमा २६० हुथी विद्रोही मारिएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दाबी गरेको छ। अलजाजिराका अनुसार यमनको रणनीतिक हिसाबमा महत्वपूर्ण मारिब सहरमा उक्त संख्यामा विद्रोही मारिएको साउदी गठबन्धनले बताएको हो।

अहिलेसम्म मृत्यु हुनेको संख्याबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। हुथी विद्रोहीले सामान्यतयाः आफ्नो नोक्सानी भएको सार्वजनिक गर्दैन। साउदी गठबन्धनले भने पछिल्लो तीन दिनमा हुथी विद्रोहीको ३६ सैन्य सवारीसाधन पनि ध्वस्त पारिएको दाबी गरेको छ। पछिल्लो दुई सातामा साउदी गठबन्धनले निरन्तर यमनको मारिबमा हवाई आक्रमण गरिरहेको छ।

गत साता साउदी गठबन्धनले मारिबको दक्षिणी क्षेत्रमा १६० हुथी विद्रोही मारिएको दाबी गरेको थियो। यमनमा सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सनामा कब्जा जमाएपछि गृहयुद्ध सुरु भएको थियो। अहिलेसम्म यो युद्धमा हजारौंको मृत्यु भइसकेको छ। युनिसेफका अनुसार सात वर्षदेखि चलेको यो युद्धमा १० हजार बालबालिका घाइते र मारिएका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...