News Portal

शहिद पुर्ण स्मृति दिवसको आयोजनामा दैलेखमा भलीबल प्रतियोगीता सुरु

हिमाली संचार संवाददाता
११२६ पटक

प्रविन शाही
दैलेख – दैलेखको दुल्लु नगरपालिकाको पटाङ्गीनी शहिद पुर्ण स्मृति दिवसको आयोजनामा भलीबल प्रतियोगीता सुरु भएको छ।

प्रतियोगीताको उद्यघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एंवम जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिजापतीले दैलेख जिल्लामा खेलकुदको बिकास भईरहेको र दुल्लुमा पनि यसको बिकासको लागी भलिबल प्रतियोगीता गरेकोमा सहिद पुर्ण स्मृति दुल्लुलाई धन्यवाद दिदै दैलेख जिल्लामा खेलकुदको विकास गर्नमा सबैको ध्यान पुर्‍याउन आवश्यक देखीने कुरा बताउनुभएको छ।

त्यस्तै कार्यक्रम प्रतिस्ठानका अध्यक्ष  रत्न बहादूर शाहीले खेलाडीको अनुसाशन नै गहना हो खेलाडीले नै आफनो ठाउँ र देशलाई चिनाउन सफल हुन सक्नु पर्छ। र ३ दिने प्रतियोगीतात्मक खेल सब्य र राम्रो तरीकाले अगाडी बढ्न आग्रह गरेका छन।

कार्यक्रममा शहीद पुर्ण बहादुर भण्डारीको १६ औं स्मृति दिवशको अबसर पारेर गरीएको आयोजनामा भण्डारीकि धर्मपत्नि, नेपाली कांग्रेस दुल्लुका सभापति टंक रिमाल, रेडीयो दुल्लु एफ.एम.का स्टेशन म्यानेजर निरक बहादुर शाही, दुल्लु नगरपालीकाका प्रशासकिय प्रमुख , लगायत राजनिती दलका प्रतिनिधीहरुको उपस्थित भएको थियो।

भलीबल खेलमा दैलेखका नारायण नगरपालीका र नौमुले गाउँपालिका बाहेक ९ वटा स्थानिय तहको सहभागीता रहेको छ। आइतबार भएको पहिलो दिनको खेलमा गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतिमाई गाउँपालिका, भैरबी गाउँपालिका, महाँबु गाउँपालिका र ठाँटिकाध गाउँपालिकाले खेलेका छन्। भने पहिलो दिन भएको खेलमा गराँस गाउँपालिकालाई २ अँकले पछाडी पार्दै  डुङ्गेश्वरले जित हासिल गरेको छ।

भैरबीलाई पनि २ अँकले पछाडी पार्दै भगवतिमाई गाउँपालिको टिमले जित हासिल गरेको छ। त्यस्तै महावु गाउपालीकालाई ७ अँकले पछाडी पार्दै  ज्योति दशौँदिको दरो सट परारले गर्दा  ठाटिकाँध गाउपालीकाले स्थान ओगटन सफल भएको छ।

खेल अहिले सम्मकै सबैभन्दा उत्साहित र आकर्षक ठाटिकाँध र महावुकौ नै  देखिएको छ। यस्तै चामुण्डा बिन्द्राशैनी नगरपालिकाले आठविस नगरपालिकालाई पछि पार्दै विजयी भएको छ। असोज १४ गते आइतबार देखी सुरु भएको खेल असोज १६ गते मंगलबारसम्म चल्ने आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...