News Portal

पुर्वाञ्चल अझै जलमग्न, विद्युत प्रसारण अबरुद्ध हुदा जनजीवन प्रभावित

पानी रोकियो भने बिहिबार साँझसम्ममा बिजुली आउँछ: प्राधिकरण

हिमालीसंचार संवाददाता
२२३ पटक

रविन्द्र बराल/मोरङ – मंगलबार विद्युत प्राधिकरणको दुहबी ग्रिडमा टेङ्ग्रा खोलाको बाढी पसेपछि अवरुद्ध भएको बिजुली अझै कहिले आउने टुङ्गो छैन । प्राधिकरणका अनुसार पानी रोकियो भनेमात्र बिधुत लाईन दिन सकिने बताएको छ। 

दुहबी ग्रिडका प्रमुख राजेश रेग्मीका अनुसार ग्रिडमा बाढी पसेर डुबान भएपछि मंगलबार राति साढे ८ बजेदेखि बिजुली अवरुद्ध भएको छ । बुधवार दिनभरी पानी तर्काएर १३२ केभी प्रसारण लाइन अन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विद्युत सुचारु गरिएको बताए। 

यता सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा भने मौसममा बदली आएन भने बिहीबार साँझ सम्ममा विद्युत सुचारु हुन सक्ने प्रमुख रेग्मीले बताए । यदि फेरि पानी पर्‍यो भने बिहीबार साँझ पनि विद्युत सुचारु गर्न नसकिने उनले जानकारी दिए। 

मंगलबार रातीदेखि विद्युत अवरुद्ध भएपछि अहिले सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा मोबाइल सेवा समेत प्रभावित भईरहेको छ भने यो क्षेत्रका एफएम रेडियोहरूको प्रसारण समेत रोकिएको छ । 

टेङ्ग्रा खोलाको बाढी पस्दा दुहबी ग्रिड पुरै जलमग्न भएको र ग्रिडका कर्मचारीहरूको बस्ने क्वाटर समेत डुबानमा परेपछि ग्रिडका कर्मचारीहरू समेत प्रभावित भएको प्रमुख रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...