News Portal

पुर्वाञ्चल अझै जलमग्न, विद्युत प्रसारण अबरुद्ध हुदा जनजीवन प्रभावित

पानी रोकियो भने बिहिबार साँझसम्ममा बिजुली आउँछ: प्राधिकरण

हिमालीसंचार संवाददाता
२५१ पटक

रविन्द्र बराल/मोरङ – मंगलबार विद्युत प्राधिकरणको दुहबी ग्रिडमा टेङ्ग्रा खोलाको बाढी पसेपछि अवरुद्ध भएको बिजुली अझै कहिले आउने टुङ्गो छैन । प्राधिकरणका अनुसार पानी रोकियो भनेमात्र बिधुत लाईन दिन सकिने बताएको छ। 

दुहबी ग्रिडका प्रमुख राजेश रेग्मीका अनुसार ग्रिडमा बाढी पसेर डुबान भएपछि मंगलबार राति साढे ८ बजेदेखि बिजुली अवरुद्ध भएको छ । बुधवार दिनभरी पानी तर्काएर १३२ केभी प्रसारण लाइन अन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विद्युत सुचारु गरिएको बताए। 

यता सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा भने मौसममा बदली आएन भने बिहीबार साँझ सम्ममा विद्युत सुचारु हुन सक्ने प्रमुख रेग्मीले बताए । यदि फेरि पानी पर्‍यो भने बिहीबार साँझ पनि विद्युत सुचारु गर्न नसकिने उनले जानकारी दिए। 

मंगलबार रातीदेखि विद्युत अवरुद्ध भएपछि अहिले सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा मोबाइल सेवा समेत प्रभावित भईरहेको छ भने यो क्षेत्रका एफएम रेडियोहरूको प्रसारण समेत रोकिएको छ । 

टेङ्ग्रा खोलाको बाढी पस्दा दुहबी ग्रिड पुरै जलमग्न भएको र ग्रिडका कर्मचारीहरूको बस्ने क्वाटर समेत डुबानमा परेपछि ग्रिडका कर्मचारीहरू समेत प्रभावित भएको प्रमुख रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...