News Portal

अविरल बर्षाका कारण धानबालीमा ठुलो क्षति, अझै कही समय बर्षा हुने: महाशाखाका

हिमालीसंचार संवाददाता
३०८ पटक

रविन्द्र बराल/मोरङ – अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ। अधिकांश किसानहरुले काटेर राखेको धान खेतमै डुबेको छ भने बाकी धान पुरै हावा हुरीका कारण ढालेको छ।

पुर्वाञ्चलका अधिकंश क्षेत्रमा धानबाली घर भित्राउने समय भएको थियो। ‘अबिरल बर्षाको कारण धान बाली सोतर भएपछि हामी किसानहरु चिन्तामा छौँ। धान कति दिन डुब्ने हो ? कुहिए वा उम्रिए बर्षभरी के खाने ?’ किसान चिन्तित छन्। 

गतवर्ष भन्दा यस बर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए। तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले किसानलाई निराश बनाएको छ। कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ।

‘दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थियौँ। अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ । किसानहरु अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ। मोरङ मिक्लाजुङका कृषक महेन्द्र थेगिमले भने, ‘यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ। मलको अभाव पनि थिएन।  धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो।’

पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै अन्य तरकारीमा समेत क्षति पु-याएको उनले बताए। उर्लाबारी-८ का किसान सुरेश अधिकारीले आफूहरूका मात्र नभई  धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी ढलेको बताए। उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताए।

अविरल बर्षा, हावा हुरीसंगै लगातारको कात्तिके झरीले जिल्लाको उर्लाबारी,रतुवामाई, मिक्लाजुङ,लेटाङ, बेलवारीलगायत पुर्वका अधिकांश किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ।

कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ। मिक्लाजुङमा धैरैको काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले उठाउन समस्या भएको छ। 

पुर्वाञ्लका अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु-याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ। केन्द्रका अनुसार यस वर्ष मोरङमा ८३ हजार ३ सय हेक्टर  हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ।

कैलेसम्म बर्षा बङ्गालको खाडी र मध्य भारतमा रहेको उत्तरतिर सर्दै गरेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ।

उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ। पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ। यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताइन्।

उपत्यकामा मौसम बदली रहनुका साथै हल्का वर्षा समेत भइरहेको छ। उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ। देशको पश्चिमी भेगमा भारी वर्षा भीरहेको छ।

महाशाखको पछिल्लो विवरणमा दिपायलमा १६६,  डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ।

प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिको समयमा पनि प्रदेश नं १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज काठमाडौँ अधिकतम तापक्रम २५ र न्यूनतम न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...