News Portal

  • कालिस्थान चौकमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते

    हिमाली संचार संवाददाता
    ४६९ पटक

    रबिन्द्र बराल
    मोरङको – कानेपोखरी–रंगेली खडक खण्ड अन्तरगत कानेपोखरी–२, स्थीत कालिस्थान चौकमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
    आइतबार दिउँसो १ः३० बजे रंगेलीबाट यात्रु बोकेर कानेपोखरी तर्फ जार्दै गरेको को १ ख ३०१६ नम्बरको बस टिफर सँग ओभर टेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना परी गम्भिर घाइते भएको कानेपोखरी –२,का गोबिन्द बहादुर खत्रीलाई बिराटनगर स्थीत लाईफ गार्ड हस्पिटल बिराटनगर रिफर गरिएको रमाइलो प्रहरी चौकीका असई हरि बहादुर कार्कीले बताए ।
    दुर्घटनामा घाइते हुनेहरुमा झापा सताशी धाम नगरपालिका ४ बस्ने सोल्मा टुडु,उर्लाबारी–८,बस्ने कमला भण्डारी,कानेपोखरी–४, बस्ने कात्र्तिकलाल राजवंशी र बैशाकी रावंशी,कानेपोखरी–२, बस्ने खडक सिंह राना,भरतलाल चौधरी,दिपिका चौधरी,बसन्ती राना, र अनिता राजवंशी,झापा तोपगाछी बस्ने बंगाल मुरमु, सुन्दरहरैचा १० बस्ने हरिमाया गिरी र बुद्धीमाया गिरी रहेका छन् । उनिहरुको खुट्टा भाचिएको, हात,छाती,ढाड र टाउँकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरी ले जनाएको छ ।
    घटना
    घाइते हुने सबैजनालाई कानेपोखरी–६, स्थीत रमाइलो डायग्नोष्टिक सेन्टरमा उपचार उपचार पछि केही घर र्फके भने केही उपचार भैरहेको छ । घटना पश्चात चालक र सहचालक भने फरार रहेको प्रहरीले बताएकाे छ । खुल्ला सडकमा बस ओभर टेक गर्ने क्रममा दाहीने पटी गएर बसको अगाडीको भाग सडक धन्ना खेतमा भाषिएकाे थियोे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

    विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको...

    झलनाथ खनालकी श्रीमती भारतको एपोलो अस्पतालमा भर्ना हुने

    काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई...

    असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ। मेलम्ची...

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...