News Portal

भोजपुर जिल्लाका तीन किरात राई समुदायका सांसदहरुको यो बर्षको दशैं

हिमालीसंचार संवाददाता
३२५ पटक

भोजपुर – भोजपुरबाट प्रदेश र संघ गरी तीन निर्वाचित सांसद रहेका छन् । उनीहरु तीनैजना कम्युनिष्ट पार्टीका नेता हुन् । चुनावताका गठवन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट प्रदेशमा २ र संघमा १ सांसद निर्वाचित भएका हुन् । प्रदेशको २ सांसद नेकपा एमालेको भागमा परेको थियो भने संघमा नेकपा माओवादी केन्द्रवाट निर्वाचित सांसद बनेका थिए । 

संघमा नेकपा माओवादी केन्द्रवाट सुदन किराँती निर्वाचित भए भने प्रदेशमा हाल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव समेत रहेका राजेन्द्रकुमार राई र नेकपा एमालेका शेरधन राई सांसद छन् । 

शेरधन राई प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री हुन् भने राजेन्द्रकुमार राई दशैं लगक्तै मुख्यमन्त्री बन्ने सम्भावित सांसद हुन् । यो दशैंमा तीन सांसदले आ-आफ्नै तरिकाले दशैं मनाएका छन् । 

राजेन्द्रकुमार राईले आफ्नै घर भोजपुर षडानन्द नगर पालिकाको देउरालीमा बाबाको हातबाट टीका लगाएर दशैं मनाएका छन् भने शेरधन राई दशैं मनाउन अमेरिका तर्फ प्रस्थान गरेका छन् । संघीय सांसद सुदन किराँती भने आफ्नै गाउका दलित समुदायसँग दशैं मनाउन व्यस्त छन् ।

राजेन्द्रकुमार राई: गाँउको घरमा रहेका ८० वर्षीय बाबा र ८३ वर्षीया आमाको हातबाट आशिर्वाद ग्रहण गर्न सांसद राजेन्द्रकुमार राई गृहजिल्लाको जन्मघर गएका छन् । उनी बाबा आमासँग दशैं मनाउन केहिदिन अघि भोजपुर स्थित आफ्ना गाँउ पुगेका हुन् । उनले बाबाको हातबाट टिका लगाउदै आशिर्वाद ग्रहण गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

शेरधन राई: भोजपुर क्षेत्र नं २ का निर्वाचित प्रदेश सांसद पूर्वमूख्यमन्त्री शेरधन राई दशैंको टिका अघिल्लो दिन अमेरिका उडेका छन् । ससुरालीमा दशैं मनाउन शेरधन राई अमेरिका पुगेका हुन् । 

राईका बाबा आमा गाँउमा नै रहेपनि उनी भने विहेको पहिलो वर्ष भएकाले अमेरिका प्रस्थान गरेका हुन् । उनी श्रीमतिसँगै केहिदिन अमेरिकामा दशैंका समय गुजारेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सुदन किराँती: संघीय सांसद सुदन किराँती यतिवेला जन्मगाउँ रामप्रसाद गाउँपालिकामा दलीत बस्तिमा दलित सँगै दशैं अभियान चलाएर दशैं मनाईरहेका छन् । उनका ७५ बर्षे बिरामी बाबालाई काठमाडौमा छोडेर सुदन किराँती दलित समुदायलाई उपहार स्वरुप लुगा वितरण गर्दै दशैं मनाउन गाँउमा पुगेका हुन् । 

किराँतीले दशैं मनाउन छाडेको २ दशक बढी भयो । दशैंका समयमा उनी जिल्लाकै कृषि फर्ममा हरेकवर्ष श्रम गरेर विताउथे । तर यो वर्ष विगत दिनहरुमा आफुहरुको परिवारलाई लुगा सिलाएर अर्थात फलामका औजार बनाएर सुँगुरको पुच्छर र एकमाना चामल लिने वृद्ध दलित समुदायसँग सुखदुख साट्दै दशैँ मनाउन गाँउ पुगेका हुन्। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...