News Portal

मोरङको सन्सारी माई मंन्दिर तथा नगरपालिकाले फुलपाती बडाई सम्पन गर्यो

हिमालीसंचार संवाददाता
२८४ पटक

रविन्द्र बराल/मोरङ – मोरङको विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि मोरङको रंगेली नगरपालिका ७  स्थित श्री सन्सारीमाई मंन्दिर तथा रंगेली नगरपालिकाले  भगवतीको मन्दिरमा प्रदेस स्तरिय फुलपाती वडाई गरेको  छ ।

पुर्वको प्रशिद्ध शक्ति पिठको रुपमा रहेको संन्सारी माई मन्दिरमा धुमधाम का साथ फुलपाती भित्र्याएको छ । 

उक्त कार्याक्रम्मा पञ्चे बाजा, विभिन्न जातीयताका नृत्य, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी तथा ठुलो सङ्ख्यामा सर्वसाधारणहरुले मन्दिर परिसरवाट  कलश  यात्रा  सहित झाकीले ३ किलोमिटर दुरी तयगर्दै रंगेली वार्ड न ६ स्थित स्कुलुटोलमा रहेको वेलको रुखमा पुगेर त्याँहा विधि पुर्वक पुजाआजा गर्ने र पुन मन्दिरमा आएर फुलपाती भित्राउने कार्यक्रम गरिएको छ ।  

मन्दिरमा नेपाली सेना र नेपाल प्रहरी तथा सशत्र प्रहरीले सलामी समेत चढाएका छन। प्रदेश सरकारले बिगत तीन बर्षदेखि प्रदेश स्तरीय पुजा समेत गर्दै आईरहेको छ ।   

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमंत्री भिम प्रसाद आचार्य, अतिथिमा कानुन मन्त्रालयका राज्य मन्त्री  लिलाबल्लभ अधिकारी, कृषि सहकारी भुमि सुधार तथा राज्य मन्त्री ज्ञानेश्व राजवंशी, नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष संन्जिव श्रेष्ठले, कोषाअध्यक्ष ओमकार थापा, स्थानीय दिपेन्द्र थापा वडाअध्यक्ष लगायतहरुको समेत उपस्थिति रहेको थियो । 

विराटनगरदेखि २० किलोमिटर पुर्वमा रहेको  ऐतिहासिक मन्दिरमा नवरात्रीको अवसरमा अहिले  पुजाआजा र भजन कृतन समेत  भइरहेको छ । मनोकामना पुराहुने जनविश्वसका साथ सो मन्दिरमा पुजाआजा र वलि चढाउन नेपालका मात्र नभएर भारतावाट समेत उल्लेखनिय रुपमा भक्तजन आउने गदर्छन ।

मंन्दिरमा घटस्थापना देखि नौ दिन सम्म भाकल गर्दा नौ दिनमा मनाेकामना पूरा हुने मंन्दिरका आचार्य पंडित कृष्ण काेईरालाले बताए । मन्दिर प्रतीको भक्तजनको आस्था एंव विश्वास देखेर प्रदेस सरकारले प्रत्येकवर्ष फुलपातीका दिन मन्दिरमा प्रदेस स्तरिय वडाई गर्ने मन्त्री स्तरवाट निर्णय गरेको छ   

मन्दिर व्यवस्थापन समिति र स्थानीय वासिन्दाहरुको सहयोगमा प्रतेकवर्ष फुलपातीका दिन विभिन्न कार्यक्रमहरु हुने  गरेका थिए । त्यसको महत्वलाई हेरेर प्रदेश सरकारले सो मन्दिर प्रदेश स्तरिय वडाइका लागि मान्यता दिएको हो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...