News Portal

  • मोरङको सन्सारी माई मंन्दिर तथा नगरपालिकाले फुलपाती बडाई सम्पन गर्यो

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    रविन्द्र बराल/मोरङ – मोरङको विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि मोरङको रंगेली नगरपालिका ७  स्थित श्री सन्सारीमाई मंन्दिर तथा रंगेली नगरपालिकाले  भगवतीको मन्दिरमा प्रदेस स्तरिय फुलपाती वडाई गरेको  छ ।

    पुर्वको प्रशिद्ध शक्ति पिठको रुपमा रहेको संन्सारी माई मन्दिरमा धुमधाम का साथ फुलपाती भित्र्याएको छ । 

    उक्त कार्याक्रम्मा पञ्चे बाजा, विभिन्न जातीयताका नृत्य, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी तथा ठुलो सङ्ख्यामा सर्वसाधारणहरुले मन्दिर परिसरवाट  कलश  यात्रा  सहित झाकीले ३ किलोमिटर दुरी तयगर्दै रंगेली वार्ड न ६ स्थित स्कुलुटोलमा रहेको वेलको रुखमा पुगेर त्याँहा विधि पुर्वक पुजाआजा गर्ने र पुन मन्दिरमा आएर फुलपाती भित्राउने कार्यक्रम गरिएको छ ।  

    मन्दिरमा नेपाली सेना र नेपाल प्रहरी तथा सशत्र प्रहरीले सलामी समेत चढाएका छन। प्रदेश सरकारले बिगत तीन बर्षदेखि प्रदेश स्तरीय पुजा समेत गर्दै आईरहेको छ ।   

    कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमंत्री भिम प्रसाद आचार्य, अतिथिमा कानुन मन्त्रालयका राज्य मन्त्री  लिलाबल्लभ अधिकारी, कृषि सहकारी भुमि सुधार तथा राज्य मन्त्री ज्ञानेश्व राजवंशी, नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष संन्जिव श्रेष्ठले, कोषाअध्यक्ष ओमकार थापा, स्थानीय दिपेन्द्र थापा वडाअध्यक्ष लगायतहरुको समेत उपस्थिति रहेको थियो । 

    विराटनगरदेखि २० किलोमिटर पुर्वमा रहेको  ऐतिहासिक मन्दिरमा नवरात्रीको अवसरमा अहिले  पुजाआजा र भजन कृतन समेत  भइरहेको छ । मनोकामना पुराहुने जनविश्वसका साथ सो मन्दिरमा पुजाआजा र वलि चढाउन नेपालका मात्र नभएर भारतावाट समेत उल्लेखनिय रुपमा भक्तजन आउने गदर्छन ।

    मंन्दिरमा घटस्थापना देखि नौ दिन सम्म भाकल गर्दा नौ दिनमा मनाेकामना पूरा हुने मंन्दिरका आचार्य पंडित कृष्ण काेईरालाले बताए । मन्दिर प्रतीको भक्तजनको आस्था एंव विश्वास देखेर प्रदेस सरकारले प्रत्येकवर्ष फुलपातीका दिन मन्दिरमा प्रदेस स्तरिय वडाई गर्ने मन्त्री स्तरवाट निर्णय गरेको छ   

    मन्दिर व्यवस्थापन समिति र स्थानीय वासिन्दाहरुको सहयोगमा प्रतेकवर्ष फुलपातीका दिन विभिन्न कार्यक्रमहरु हुने  गरेका थिए । त्यसको महत्वलाई हेरेर प्रदेश सरकारले सो मन्दिर प्रदेश स्तरिय वडाइका लागि मान्यता दिएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

    काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो...

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...