News Portal

आज सुनसरीको विजयपुर स्थित दन्तकाली मन्दिरमा फूलपाती भित्र्याईयो

हिमालीसंचार संवाददाता
२८२ पटक

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानको विजयपुरमा रहेको दन्तकाली मन्दिरमा आज धूमधामले हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको छ ।

धरानको दन्तकाली मन्दिर व्यवस्थापन समिति र धरान १४ वडा कार्यालयको समन्वयमा आज फूलपाती धूमधामले भित्र्याइएको हो । दिउसो साढे १ बजे दन्तकाली मन्दिरबाट निस्किएको समूह विजयपुर चौक हुँदै, गणेश चौकबाट पिण्डेश्वर मन्दिरमा पुगेको थियो ।

धरानको पिण्डेश्वर मन्दिरको परिसर भित्र रहेको बेलको रुखबाट नवपत्रिका जसलाई नौ देवीको रूप मानिएको फूलपाती विशेष प्रकारको सजिसजाउको डोलीमा बोकेर डाडागाउँ चौक हुँदै दन्तकाली मन्दिरमा भित्र्याइएको हो । फूलपाती भित्र्याउँदा गरिने विशेष बलि पूजा सम्पन्न गरी विधिवत् फूलपाती भित्र्याइएको हो ।

दन्तकाली मन्दिर कोरोना महामारीका कारण गत वर्ष बन्द रहेको थियो । यो पटक पञ्चे बाजा सहित सशस्त्र प्रहरी, जनपथ प्रहरी र नगर प्रहरी, धरान उपमहानगरपालिका मेयर तिलक राई, पूर्व कानुन मन्त्री हिक्मत कार्की, धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, १३ नम्बर वडाका अध्यक्ष नेत्रप्रसाद काफ्ले, धरान ६ का वडाध्यक्ष भुवनसिंह बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...