News Portal

राष्ट्रसंघमा भारतीय विदेशमन्त्रीले गरिन् पाकिस्तानको चर्को आलोचना

हिमाली संचार संवाददाता
५९५ पटक

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानको चर्को आलोचना गरेकी छन् । साथै राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् ।

महासभाको ७३ औं सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानमाथि आतंकवादलाई बढाएको आरोप लगाएकी छन् । ओसामा विन लादेन मारिएपछि सबै तथ्य बाहिर आएपनि पाकिस्तानलाई कुनै ग्लानी नरहेको भन्दै उनले भनिन्, ‘९/११ का मास्टरमाइण्ड त मारिए तर, २६/११ का मास्टरमाइन्ड हाफिज सइद अहिले पनि पाकिस्तानमा चुनाव लडिरहेका छन् ।’

भारतले कयौं पटक पाकिस्तानसँग कुरा गर्न खोजेको तर, एकपछि अर्को आक्रमण भएको उनले बताइन् । विदेशमन्त्री स्वराजले भनिन्, पाकिस्तान आतंकवादीहरुलाई स्वतन्त्र सेनानी भनिरहेको छ । जसले हामीमाथि आक्रमण गर्छ, उसलाई बहादुर घोषणा गरेर सम्मान गर्छ ।’

उनले राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठाउँदै आतंकवादलाई परिभाषित गर्न आग्रह समेत गरेकी छन् । भारतीय विदेशमन्त्री स्वराजले भनिन्, ‘राष्ट्रसंघको गरिमा र उपयोगिता समयसँगै कम भइरहेको छ । राष्ट्रसंघमा सुधार आवश्यक छ ।’

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...