News Portal

यूपीमा आंशिक कर्फ्यू, स्वदेश फर्किने नेपालीलाई समस्या

हिमालीसंचार संवाददाता
५११ पटक

सविता बुढा,
धनगढी। भारतीय राज्य उत्तर प्रदेशमा आंशिक कर्फ्यू लगाइएपछि स्वदेश फर्किने नेपालीहरूलाई बाटोमा समस्या परेको छ। आइतबार भएको एउटा हिंसात्मक घटनामा ८ जनाको मृत्यु भएपछि त्यहाँको प्रशासनले लखीमपुर खीरीमा धारा १४४ लागु गरेको छ।

यहीबेला कैलालीको खक्रौला र गौरीफन्टा हुँदै स्वदेश फर्किने नेपालीहरू बाटोमा सडक अवरूद्ध गरिएपछि समस्यामा परेका हुन्। यस्तै, करनाल हाइवेमा किसानहरूले जाम गरिदिएका छन्। यूपीको लखीमपुर खीरी मामललाको संवेदनशीलतालाई हेरेर प्रशासनले ६ अक्टूबरसम्म आरएएफ र एसएसबीको दुई/दुई कमाण्ड तैनाथ राखेको छ।

ठाउँ-ठाउँमा प्रहरी र किसान दुबै पक्षले जिल्लाका केही नाका बन्द गरेकाले स्वदेश फर्किने नेपाली समस्यामा परेका हुन्। भारतबाट फर्केका धनगढीका सत्यराज अवस्थीले चोक-चोकमा बसेका किसान आन्दोलनको समर्थकले नेपालतर्फ आउने गाडि हिँड्न नदिएको बताए।

‘गाडी आउन नदिएपछि पैदल, रिक्सामा महँगो भाडा तिरेर आउनु परिरहेको छ, इन्टरनेट, मोबाइल नेटवर्क पनि बन्द गरिएको छ, कैयौं गाडी, ट्रक, जीप भ्यान बाटोमै रोकिएका छन्,’ उनले भने। टीकापुर नगरपालिका-८ का वडाअध्यक्ष दीर्घ ठकुल्लाले नेपाली नागरिकलाई खक्रौला नाका हुँदै आवतजावतमा अप्ठ्यारो भइरहेको बताए।

‘अहिले भारतबाट आउनेलाई बढी समस्या भएको छ,’ उनले भने। कैलालीको खक्रौला भन्सार नाकास्थित बिओपीका प्रमुख अनिल ओलीले नेपाली नागरिकलाई सहजताका लागि भारतीय एसएसबीका अधिकारीसँग छलफल गरिएको बताए।

‘नेपालीहरूलाई आउन दिनु भनेर कुरा गरिसकेका छौं, आज भारतबाट ६ जना नेपाली स्वदेश भित्रिएका छन्, हिजोअस्तीजस्तो आवतजावत छैन, सुनसान छ,’ उनले भने। नेपालको कैलालीको पूर्वी दक्षिणी क्षेत्रसँग सीमा जोडिएको लखिमपुर जिल्लाको तिकुनियामा भारतको केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्रका छोराले चलाएको गाडीले किसानहरूलाई कुल्चेर मारेको आरोप लागेको छ।

एनडिटिभीका अनुसार आइतबार तिकुनियामा एउटा कार्यक्रम आयोजना गरिएको थियो। तिकुनिया केन्द्रीय गृह राज्यमन्त्री मिश्रको पुर्ख्यौली घर भएको ठाउँ हो। उक्त कार्यक्रममा उनी र उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव मौर्य सहभागी हुन जान लागेका थिए। केन्द्रीय सरकारले ल्याएका तीन वटा विधेयकको केही समयदेखि विरोध गरिरहेका किसानहरूले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम राखेका थिए। कालोझन्डा देखाउने थाहा पाएपछि मिश्र र मौर्यले रूट बदलेका थिए।

उनीहरूले रूट बदलेको थाहा पाएपछि फर्किन लाग्दा राज्यमन्त्री मिश्रका छोराले चलाएकोसहित गाडीहरू आएको देखेपछि किसानहरूले उनीहरूलाई नै कालो झन्डा देखाएको आन्दोलनरत किसानले जनाएका छन्। त्यसपछि मन्त्री मिश्रका छोराले कालो झन्डा देखाउने र अरू किसानमाथि गाडीले कुदाएको किसानहरूको आरोप छ। गाडीले किच्दा चार जना किसानको मृत्यु भएको छ।

आफ्ना साथीहरू मारिएपछि आक्रोशित बनेका किसानले ती गाडीमा आगो लगाइदिएका थिए भने त्यसमा सवार ४ जनालाई कुटपिट गरेका थिए। कुटपिटबाट चार जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक चालक र तीन जना भारतीय जनता पार्टीका कार्यकर्ता भएको उल्लेख गरिएको छ। मृतकका आफन्तलाई ४५ लाख नगद क्षतिपूर्ति दिने सहमति भएको छ। यद्यपि माहोल शान्त भइनसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...