News Portal

इजरायली सेनाको कारबाहीमा पाँच प्लालेस्टाइन नागरिकको मृत्यु

हिमालीसंचार संवाददाता
३१३ पटक

इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन्। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।

इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो। सो कारबाहीले आइतबार दुई पक्षबीच सशस्त्र झडपको स्थितिमा पुर्‍याएको थियो। झडपमा दुई जना इजरायली सैनिक गम्भीर घाइते भएका इजरायली सञ्चार माध्यमले जनाएका छन्।

इजरायली सेनाले हमास कार्यकर्तालाई पक्राउ गर्ने उद्देश्यले कारबाही गरेको इजरायली सञ्चार माध्यमले जनाएका छन्। हमास प्यालेस्टाइनलाई इजरेलको कब्जाबाट मुक्त गर्न चाहन्छ।

पाँच प्यालेस्टाइनीको मृत्युप्रति त्यहाँका प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्। यहुदी, इसाई र मुस्लिमहरूको तिर्थ स्थल जेरुसेलम रहेको वेस्ट ब्याङ्क क्षेत्रलाई लिएर इजरायल र प्यालेस्टानइबीच विवाद छ। – अलजजिराबाट।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...