News Portal

कविता – “राता मान्छेहरु”

हिमाली संचार संवाददाता
८२९ पटक

– श्रीराम बस्याल ‘स्वरुप

हेर कति शक्तिशाली छन ती मान्छेहरू,
आर्लाम होइन आकाशको जुन हेरेर उठ्नेहरु,
पुंजिवादी साँघुरो कोठामा गुज्रिने भन्दा
खुला आकाशमा विद्रोही गित गाउनेहरु,
आफ्नो दु:ख, पीडा शब्द शब्दमा उन्नेहरु।।

कतै तरुल त कतै डाईनामाईट हुने हरुलाई हेर,
मन मस्तिष्कमा क्रान्तिको ज्वार बोक्नेहरुलाई हेर,
हेर त्यो झरना हेर , छाँगा छहरा र पहरा हेर,
फोडिदेउ त्यो चस्मा अनि खुला आँखाले हेर।।

आफ्नै यात्रा गन्तव्यमा बहिरहेका छन,
ती रातो झण्डा बोक्ने समरका यात्रीहरु,
नझुकि परिस्थितिको जेल, नेल र भेलमा,
खोज्दै सुनौलो बिहानी लम्किरहेका छन।।

त्यो महललाई हेर त गाडी छ,
बंगला छ, अनेक छ,
सम्पत्ति छ, गाड छ तर पनि साँघुरो दिमाख छ,
तर खुला आकाश छैन,
आफैं हिड्न सिकाउने जुन छैन,
चराको गित छैन त्यो महलमा केवल छ त
कुकुरको आवाज, अनिन्द्रा र अशान्ति।

जो परिवर्तनको खातिर,
आफ्नो परिवारको अँगालो गुमायो,
व्यक्तिगत चाहानामा आगो सल्काउँदै यात्रा बनायो,
अन्याय र शोषण, दमनमा पाहिला चलायो,
उसैलाई आतंककारी, हत्यारा भन्नेहरु,
उसका विरुद्ध प्रतिक्रान्ती लाद्नेहरु,
समाजमा अनेक तरहले भयावह
वातावरण बनाउनेहरु, सावधान !!
हेर कति शक्तिशाली छन ती लाल झण्डा उठाउनेहरु।।

बलिदानलाई सत्ताको भर्याङ बनाउनेहरु,
क्रान्तिलाई लातमार्दै उखान टुक्कामा जोडिनेहरु,
सावधान अनि खबरदार वैमानि विरुद्ध,
दस हजार सहिदको बलिदानको अपमानमा
जनअदालतमा तिमी उभिनुपर्नेछ र
फेरि उद्घोष गर्नुपर्नेछ
आदरणीय जनता म शासक होइन
गोरु बनेर जोतिन तयार छु।।

बटन थिचेर आकाश पुग्ने खिया लागेका सोचहरुमा,
भत्काउँदै ती बाहिर रंगिएका तर शोषण र दासताका महलहरुमा
फेरि रातो झण्डा फर्फराउँदै सडकमा कुदाउँदा,
बाक्लो जंगलभित्र वास बसाउँदा,
तिमी एउटा मानवीय र शक्तिशाली भएर उदाउने छौ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...