News Portal

आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग लड्ने बादलको घोषणा

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाडौं – नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग चुनाव लड्न सक्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

थापाका अनुसार पार्टीले आफूलाई अघि बढाए चुनावमा प्रचण्डसँग लड्न तयार रहेको बताएका हुन् । बादल माओवादी केन्द्र छोडेर एमालेमा लागेका छन् । यसअघि उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृहमन्त्री बनेका थिए । पछिल्लो समय एकपछि अर्को गरेर माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रचण्डको साथ छोडेको बादलको भनाई छ ।

अहिले ती नेता तथा कार्यकर्ताहरु आफूहरुतिर आएको उनको दाबी छ । हिजोमात्रै काभ्रेमा आयोजित वाईसिएलको भेलामा सम्बोधन गर्दै प्रचण्डले बादललाई आफूले मन्त्री बनाएको उल्लेख गर्दै अहिले बादलको नाम लिँदा पनि एलर्जी हुने टिप्पणी गरेका थिए ।

उनले बादल, टोपबहादुर रायमाझीलगायतका पूर्व माओवादी नेताहरुलाई अवसरवादीको संज्ञा दिएका थिए । त्यसको भोलिपल्ट आज बादलले प्रचण्डसँग अबको चुनावमा लड्ने बताएका हुन् । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...