News Portal

गुल्मीमा पहिरोले घर पुरिँदा जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३९१ पटक

गुल्मी। 
गुल्मीमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा एकै परिवारका दिदीबहिनी रहेका छन्। पहिरोमा पुरिएर एकै परिवारका जुम्ल्याहा दिदीबहिनीसहित ३ जनाको मृत्यु भएको छ। राति १२ बजेतिर आएको पहिरोले एकतले घरको कोठा पुरिएको थियो।

मृतकहरुको सनाखतसमेत भइसकेको प्रहरीले बताएको छ। मृत्यु हुनेमा स्थानीय तिलक नेपालका २ जुम्ल्याहा छोरीहरू १४ वर्षका गंगा–जमुना र २१ वर्षकी छोरी भावना नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

त्यस्तै, सँगै सुतेकी अर्की छोरीलाई भने तिलकले कोठाको सानो प्वालबाट तानेर निकालेको स्थानीयले बताएका छन्। मृतकहरुको शव निकाल्न राति नै नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...