News Portal

गुल्मीमा पहिरोले घर पुरिँदा जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३६१ पटक

गुल्मी। 
गुल्मीमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा एकै परिवारका दिदीबहिनी रहेका छन्। पहिरोमा पुरिएर एकै परिवारका जुम्ल्याहा दिदीबहिनीसहित ३ जनाको मृत्यु भएको छ। राति १२ बजेतिर आएको पहिरोले एकतले घरको कोठा पुरिएको थियो।

मृतकहरुको सनाखतसमेत भइसकेको प्रहरीले बताएको छ। मृत्यु हुनेमा स्थानीय तिलक नेपालका २ जुम्ल्याहा छोरीहरू १४ वर्षका गंगा–जमुना र २१ वर्षकी छोरी भावना नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

त्यस्तै, सँगै सुतेकी अर्की छोरीलाई भने तिलकले कोठाको सानो प्वालबाट तानेर निकालेको स्थानीयले बताएका छन्। मृतकहरुको शव निकाल्न राति नै नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...