News Portal

  • नुवाकोट ने.बि संघको अध्यक्ष पदका लागि मिश्र सहमति नजिक

    हिमाली संचार संवाददाता
    ११५९ पटक

    नुवाकोट-  ४० बर्ष लामो ईतिहास बोकेको नेपाली काँग्रेसको भातृ संगठन ने बि संघ केन्द्र देखि स्थानीय तह सम्म चुनाव गर्न गराउन तल्लिन छ।चाहे केन्द्रमा चाहे प्रदेश र स्थानीय तहमा नै किन नहोस ती कलिला बाल मस्तिष्क देखि किशोर युवाहरूको अन्तर आत्मा मै गुट उपगुटको बिम्ब खडा गराई बिबाद सृजित गर्ने देखि लिएर राम्रालाई भन्दा हाम्रालाई स्थान दिन तल्लिन छन।काँग्रेस समय अनकुल चल्न र नेता कार्यकर्तालाई एकजुट गराएर चलाउन नसक्दा यति ठूलो पराजय भोग्दा पनि अझै चेत आएको छैन।बिगतलाई हेरेर काँग्रेसले पाठ सिक्न जरूरी छ।नेपालको राजनितिमा महत्वका साथ हेरीने बिद्यार्थी संगठनहरू भविष्यका नेता उत्पादन गर्ने कारखाना नै हुन तर ति कारखानाबाट कस्ता सामान उत्पादन गर्ने गराउने भन्ने चाँहि कालीगढहरूमा भर पर्ने कुरा हो।बिधार्थी संघ र अन्य संगठनहरू आन्दोलन र ढुंगा मुढा गर्नका लागि मात्र स्थापना नभई युगान्तकारी भबिष्यको परी कल्पना गर्दै सक्षम नेता उत्पादन गर्ने स्थान बन्नु पर्दछ।

    अनबरत रूपमा बिद्यार्थीहरूको बिचमा रहेर नेपाल बिद्यार्थी संघको गतिविधिमा आफ्नो जीवन नै समर्पण गर्ने ब्यक्तिहरूमा यति खेर फरक धारणा बिकसित भएको छ।नुवाकोटमा काम गर्ने र कृयाशील हुनेहरुले अबसर पाउनु पर्नेमा अबसरबाट बन्चित हुने माहौलको बिकास हुँदै आएको छ।नुवाकोट नेबि संघलाई स्वच्छ तवरबाट संचालन गरेर अगाडी बढ्ने हो भने अब गुट गत नभै सबैको समन्वयमा रहेर ने.बि संघलाई नयाँ नेतृत्व दिन साझा भावनाको आबस्यकता रहेको छ। ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर चलायमान ने बि संघ जिल्लामा हेर्न चाहने हो भने डा.राम शरण महत ,अर्जुन नर्सिंह केसी, डा.प्रकाश शरण महत,बहादुर सिङ लामा,सभापति जगदिश्वर नर्सिंह केसी,पुर्ब सभापति धुर्ब अधिकारी महासमिति सदस्य रमेशकुमार महत र साबिक तिनै क्षेत्रका सभापतिहरु अर्जुन न्यौपाने, धुर्ब श्रेष्ठ र जगत तमाङले साझा उमेद्वार बनाउन सक्नु पर्दछ।बर्तमान अबस्थामा सबैले साझा उमेदवारका रूपमा उपेन्द्र मिश्रलाई ने बि संघ नुवाकोटको अध्यक्ष पदका लागि अगाडी सार्न खोजिएको छ।मिश्र सबैले मन पराएका बिद्यार्थी नेता पनि हुन्।

    बिगत लामो समय देखि ने बि संघ ईकाईबाट बिद्यार्थी राजनिति गर्दै अगाडी बढेका मिश्र नुवाकोटमा लोकप्रिय छन।२०७४ सालको प्रतिनिधि सभा चुनावमा आतङ्कारी गतिबिधि गर्ने हरूको एम्बुसमा परेर घाईते समेत भएका ब्यक्ति हुन।सबै संग सहकार्य गरी अगाडी बढ्न सक्ने क्षमता भएका मिश्रलाई नुवाकोट नेबि संघले अध्यक्ष रूपमा पाएमा संघ बर्तमान अबस्थामा भन्दा अझै राम्रो तवरबाट अगाडी बढ्ने कुरामा दुई मत नै छैन।बिद्यार्थी नेता मिश्रसंग नेबि संघ नुवाकोटको आउँदै गरेको चुनाव र तपाईलाई यदि सबै मिलेर नुवाकोट नेबि संघको अध्यक्ष बनाए कसरी अगाडी बढ्नु हुन्छ भनी सोधिएको प्रश्नको जवाफमा कसैले यो त्यो नभनी पक्षपात र पुर्बाग्रहि नबनी सबैलाइ आ-आफ्नो स्थानमा सम्मान गरेर नेबि संघ नुवाकोटलाई अगाडी बडाउन सक्छु भन्छन।आखिर संगठन नै गर्ने हो,काम नै गर्ने हो समय सापेक्ष बिद्यार्थी परिचालन गरी नागरिकका जन जीविकाको सबाल र बड्दो महङ्गी भ्रष्ट्राचार, राष्ट्रियता, लोकतन्त्र र बि पि को समाजबादी चिन्तनलाई निरन्तर बिद्यार्थीका बिचमा पुर्याउने लक्ष्य छ भन्छन बिद्यार्थी नेता मिश्र।यदि काँग्रेसले आउदा दिनहरू उज्जल देख्न चाहने हो भने हाम्रालाई भन्दा राम्रालाई स्थान दिन जरूरी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...