News Portal

नुवाकोट ने.बि संघको अध्यक्ष पदका लागि मिश्र सहमति नजिक

हिमाली संचार संवाददाता
११८७ पटक

नुवाकोट-  ४० बर्ष लामो ईतिहास बोकेको नेपाली काँग्रेसको भातृ संगठन ने बि संघ केन्द्र देखि स्थानीय तह सम्म चुनाव गर्न गराउन तल्लिन छ।चाहे केन्द्रमा चाहे प्रदेश र स्थानीय तहमा नै किन नहोस ती कलिला बाल मस्तिष्क देखि किशोर युवाहरूको अन्तर आत्मा मै गुट उपगुटको बिम्ब खडा गराई बिबाद सृजित गर्ने देखि लिएर राम्रालाई भन्दा हाम्रालाई स्थान दिन तल्लिन छन।काँग्रेस समय अनकुल चल्न र नेता कार्यकर्तालाई एकजुट गराएर चलाउन नसक्दा यति ठूलो पराजय भोग्दा पनि अझै चेत आएको छैन।बिगतलाई हेरेर काँग्रेसले पाठ सिक्न जरूरी छ।नेपालको राजनितिमा महत्वका साथ हेरीने बिद्यार्थी संगठनहरू भविष्यका नेता उत्पादन गर्ने कारखाना नै हुन तर ति कारखानाबाट कस्ता सामान उत्पादन गर्ने गराउने भन्ने चाँहि कालीगढहरूमा भर पर्ने कुरा हो।बिधार्थी संघ र अन्य संगठनहरू आन्दोलन र ढुंगा मुढा गर्नका लागि मात्र स्थापना नभई युगान्तकारी भबिष्यको परी कल्पना गर्दै सक्षम नेता उत्पादन गर्ने स्थान बन्नु पर्दछ।

अनबरत रूपमा बिद्यार्थीहरूको बिचमा रहेर नेपाल बिद्यार्थी संघको गतिविधिमा आफ्नो जीवन नै समर्पण गर्ने ब्यक्तिहरूमा यति खेर फरक धारणा बिकसित भएको छ।नुवाकोटमा काम गर्ने र कृयाशील हुनेहरुले अबसर पाउनु पर्नेमा अबसरबाट बन्चित हुने माहौलको बिकास हुँदै आएको छ।नुवाकोट नेबि संघलाई स्वच्छ तवरबाट संचालन गरेर अगाडी बढ्ने हो भने अब गुट गत नभै सबैको समन्वयमा रहेर ने.बि संघलाई नयाँ नेतृत्व दिन साझा भावनाको आबस्यकता रहेको छ। ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर चलायमान ने बि संघ जिल्लामा हेर्न चाहने हो भने डा.राम शरण महत ,अर्जुन नर्सिंह केसी, डा.प्रकाश शरण महत,बहादुर सिङ लामा,सभापति जगदिश्वर नर्सिंह केसी,पुर्ब सभापति धुर्ब अधिकारी महासमिति सदस्य रमेशकुमार महत र साबिक तिनै क्षेत्रका सभापतिहरु अर्जुन न्यौपाने, धुर्ब श्रेष्ठ र जगत तमाङले साझा उमेद्वार बनाउन सक्नु पर्दछ।बर्तमान अबस्थामा सबैले साझा उमेदवारका रूपमा उपेन्द्र मिश्रलाई ने बि संघ नुवाकोटको अध्यक्ष पदका लागि अगाडी सार्न खोजिएको छ।मिश्र सबैले मन पराएका बिद्यार्थी नेता पनि हुन्।

बिगत लामो समय देखि ने बि संघ ईकाईबाट बिद्यार्थी राजनिति गर्दै अगाडी बढेका मिश्र नुवाकोटमा लोकप्रिय छन।२०७४ सालको प्रतिनिधि सभा चुनावमा आतङ्कारी गतिबिधि गर्ने हरूको एम्बुसमा परेर घाईते समेत भएका ब्यक्ति हुन।सबै संग सहकार्य गरी अगाडी बढ्न सक्ने क्षमता भएका मिश्रलाई नुवाकोट नेबि संघले अध्यक्ष रूपमा पाएमा संघ बर्तमान अबस्थामा भन्दा अझै राम्रो तवरबाट अगाडी बढ्ने कुरामा दुई मत नै छैन।बिद्यार्थी नेता मिश्रसंग नेबि संघ नुवाकोटको आउँदै गरेको चुनाव र तपाईलाई यदि सबै मिलेर नुवाकोट नेबि संघको अध्यक्ष बनाए कसरी अगाडी बढ्नु हुन्छ भनी सोधिएको प्रश्नको जवाफमा कसैले यो त्यो नभनी पक्षपात र पुर्बाग्रहि नबनी सबैलाइ आ-आफ्नो स्थानमा सम्मान गरेर नेबि संघ नुवाकोटलाई अगाडी बडाउन सक्छु भन्छन।आखिर संगठन नै गर्ने हो,काम नै गर्ने हो समय सापेक्ष बिद्यार्थी परिचालन गरी नागरिकका जन जीविकाको सबाल र बड्दो महङ्गी भ्रष्ट्राचार, राष्ट्रियता, लोकतन्त्र र बि पि को समाजबादी चिन्तनलाई निरन्तर बिद्यार्थीका बिचमा पुर्याउने लक्ष्य छ भन्छन बिद्यार्थी नेता मिश्र।यदि काँग्रेसले आउदा दिनहरू उज्जल देख्न चाहने हो भने हाम्रालाई भन्दा राम्रालाई स्थान दिन जरूरी छ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...