News Portal

प्राविधिक कारणले मात्र बान्तावा भाषा सिफारिसमा नपरेको हो : भाषा आयोग

“प्रदेश १ मा १३ वटा भाषाहरु कामकाजको भाषामा पर्न सक्ने देखिन्छ!”

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौं – भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले प्रदेश १ को सरकारी कामकाजको भाषामा प्राविधिक कारणले मात्र बान्तावा भाषा नपरेको बताएका छन् ।

गत सोमबार किरात राई यायोक्खा केन्द्र काठमाडौले प्रदेश १ को सरकारी कामकाजको भाषाबारे आफ्नो सिफारिस पुनर्विचार गर्न माग गर्दै आयोगलाई ज्ञापनपत्र बुझाएपछि आयोगका अध्यक्ष अवस्थीले बान्तावा भाषा प्राविधिक कारणले सरकारी भाषाको रुपमा सिफारिस गर्न नसएिको बताएका हुन् ।

डा. लवदेवले प्रदेश १ मा नेपाली बाहेक तीनवटा भाषा सरकारी भाषा हुन आवश्यक रहेको औल्याउँदै हाल किरात राई जातिबाट कुनै पनि भाषा सिफारिसमा नपरेकोमा भाषा आयोग पनि असन्तुष्ट भएको बताए ।

आयोगले प्रदेश १ मा लिम्बू र मैथिली भाषालाई सरकारी भाषामा सिफारिस गरेको छ । तेस्रो नम्बरमा राईभित्रको मापदण्ड पुगेको कुनै भाषा सिफारिस गर्नका लागि नै हाल लिम्बू र मैथिली भाषालाई मात्र सिफारिस गरिएको उनले बताए । डा. लवदेवले प्रदेश १ मा १३ वटा भाषाहरु प्रदेशको कामकाजको भाषामा पर्न सक्ने देखिए पनि हाल दुई वटालाई मात्र सिफारिस गरिएको बताए ।

उनले अब हुने राष्ट्रिय जनगणनामा आफ्नो भाषाको संख्या यकिन गरिदिन किरात राई यायोक्खा केन्द्रिय प्रतिनिधिहरुसँग आग्रह समेत गरेका थिए ।

किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राई, महासचिव जनक राई लगायतको टोलीले आयोगका अध्यक्ष डा. अवस्थीलाई काठमाडौ स्थित शंखमुल आयोगको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...