News Portal

मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता भएको खुलासा

हिमालीसंचार संवाददाता
३०२ पटक

बुटवल– पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ।

ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई मु’क्का हा’नेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्। विद्यार्थी राजनीति गर्दै आएका उनले प’हिरोले पी’डित बनाउँदा स्थानीय सरकारले प’हिरो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का हा’नेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

विद्यार्थी राजनीति गर्दै आएका उनले प’हिरोले पटक पटक पि’डित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का हा’नेको प्रहरीलाई उनले बताएका छन् । प्रहरीले भने पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएको छ।

अहिले पहिरो क्षेत्रमा युवा संघ, अनेरास्ववियूका नेताहरु पुगेका छन् । सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बा’ढी प’हिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षण गर्न पुगेका थिए ।लगातारको वर्षाले पहि’रो ख’स्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्ष’तिग्रस्त भएका छन् ।

प्रभावित क्षेत्रका स्थानीयलाई सरकारले वे’वास्ता गरेको भन्दै स्थानीय आ’क्रोशित बनेका छन्। अझै उक्त स्थानमा प’हिरो गइरहेको र केही घरमा क्ष’तिसमेत पुगेको स्थानीयले बताएका छन् । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्र’भावित भएका छन् ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...