News Portal

मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता भएको खुलासा

हिमालीसंचार संवाददाता
२७५ पटक

बुटवल– पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ।

ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई मु’क्का हा’नेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्। विद्यार्थी राजनीति गर्दै आएका उनले प’हिरोले पी’डित बनाउँदा स्थानीय सरकारले प’हिरो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का हा’नेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

विद्यार्थी राजनीति गर्दै आएका उनले प’हिरोले पटक पटक पि’डित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मु’क्का हा’नेको प्रहरीलाई उनले बताएका छन् । प्रहरीले भने पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएको छ।

अहिले पहिरो क्षेत्रमा युवा संघ, अनेरास्ववियूका नेताहरु पुगेका छन् । सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बा’ढी प’हिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षण गर्न पुगेका थिए ।लगातारको वर्षाले पहि’रो ख’स्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्ष’तिग्रस्त भएका छन् ।

प्रभावित क्षेत्रका स्थानीयलाई सरकारले वे’वास्ता गरेको भन्दै स्थानीय आ’क्रोशित बनेका छन्। अझै उक्त स्थानमा प’हिरो गइरहेको र केही घरमा क्ष’तिसमेत पुगेको स्थानीयले बताएका छन् । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्र’भावित भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...