News Portal

रतुवामाईका समाजसेवी बलवहादुर गरिवको झुपडीमा पुगेर सहयोग गर्दै

हिमालीसंचार संवाददाता
३४४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका ५ स्थित  उल्लुघुट्टु कसेनी घरभई हाल बिराटनगरमा बसोबास गर्दे आईरहेका   युवा समाजसेवी बल बहादुर बस्नेत अहिले महिला, युवा,  बृद्घ सबैका मन जितनका लागि सफल बन्दै गईरहेका छन ।  

समाजसेवी बस्नेतले धन, पैसा मात्रै जम्मा गरेर अहिलेको समयमा केही गर्ने सकिदैन भन्ने अभिप्राय राख्ने बलवहादुरले दुई दसकदेखि रतुवामाई नगरपालिका भित्रका कुनै गरिवलाई दुख परेको देख्न नस्कने बलवहादुर  अहिले सबै पक्षको मन जितदै गईरहेका छन ।   

संबिधान दिवसको अवसर पारेर समाजसेवी बस्नेतले रतुवामाई नगरपालिकाको वडा नम्बर ३ स्थित रतुवा खोलाको किनारमा बसोबास गर्दै आईरहेका प्रतिटोलमा रहेका सुकुम्बासी घर परिवारहरुलाई खानेपानीको समस्या भएको कही दिन अगाडि  जानकारी पाएपछि उनले  १५ घरपरिवारलाई पुग्ने गरि सोही गाउँका लागि सार्वजनिक ठाउँमा पानी जडान गर्नेका लागि पाँच थान टुवेल (कल ) तथा जडान खर्च समेत उपलब्ध गराएका छन ।  

त्यस्तै, सन्तमत सतसंध मंन्दिरमा ग्रिल, गाेविन्द पुर प्रहरी चौकी, शिवालय मंन्दिर, आधारभुत प्राथमिक बिधालयलाई ३ स्थानका आवश्यकता अनुसार पंखा समेत बितरण  गरेका छन । कार्यक्रमलाई संबोधन गर्दे समाजसेवी बस्नेतले भने आफू र आफ्ना भन्दा पनि दुनियाँलाई आफ्नो मान्ने गरेको बताए। 

जसले थोपा थोपा गरेर आर्जित आर्जनलाई बैंक ब्यालेन्स गर्नु भन्दा पनि आम गरिब, असहाय, अशक्त र तिनीहरुको दुखलाई आफ्नै  ठान्दै उनले एउटै काम जो सामाजिक सेवा भएको र सो क्षेत्रमा  सेवाभावले निजी सम्पत्तिका लागि ४० लाख रुपैयाँ भन्दा खर्च गरि सकेको र अबको पाँच वर्षमा यो सेवाको रकमलाई बढाएर  १ करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको बताए।   

मेरो बैंक ब्यालेन्स भनेको नै समाजसेवा गर्नु हो । उनको समाजसेवी देखेर निर्वाचित जनप्रतिनिधिहरुलाई लज्जा बोध बनाउदै गएको समेत देखिन्छ । पछिल्लो समयमा रतुवामाईका सर्वसाधारणहरुले समाजसेवी बलवहादुर बस्नेतलाई अबको नेतृत्व रतुवामाईको जिम्मेवारी दिनुपर्ने युवाहरु बताउँछन् । 

तर उनले भने म अहिले तपाईहरुको दुखमा मलहम पट्टी लगाउदै खुसी छु मलाई यसैमा रमाउन मन छ । नेतृत्वले अहिलेकै जसरी गति छाड्दै शासन गरिरहेका छन्। जनताबाट अनुमोदित भएर पनि सेवालाई निरंतरता दिने उनले बताए । कार्यक्रममा समाजसेवी बलबहादुर बस्नेत,  राजेन्द्र कटुवाल, बरिस्ठ अधिवक्ता माेहन ईङनाम,  बडाअध्यक्ष बुलन्द प्रसाद सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...