News Portal

रतुवामाईका समाजसेवी बलवहादुर गरिवको झुपडीमा पुगेर सहयोग गर्दै

हिमालीसंचार संवाददाता
३७४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका ५ स्थित  उल्लुघुट्टु कसेनी घरभई हाल बिराटनगरमा बसोबास गर्दे आईरहेका   युवा समाजसेवी बल बहादुर बस्नेत अहिले महिला, युवा,  बृद्घ सबैका मन जितनका लागि सफल बन्दै गईरहेका छन ।  

समाजसेवी बस्नेतले धन, पैसा मात्रै जम्मा गरेर अहिलेको समयमा केही गर्ने सकिदैन भन्ने अभिप्राय राख्ने बलवहादुरले दुई दसकदेखि रतुवामाई नगरपालिका भित्रका कुनै गरिवलाई दुख परेको देख्न नस्कने बलवहादुर  अहिले सबै पक्षको मन जितदै गईरहेका छन ।   

संबिधान दिवसको अवसर पारेर समाजसेवी बस्नेतले रतुवामाई नगरपालिकाको वडा नम्बर ३ स्थित रतुवा खोलाको किनारमा बसोबास गर्दै आईरहेका प्रतिटोलमा रहेका सुकुम्बासी घर परिवारहरुलाई खानेपानीको समस्या भएको कही दिन अगाडि  जानकारी पाएपछि उनले  १५ घरपरिवारलाई पुग्ने गरि सोही गाउँका लागि सार्वजनिक ठाउँमा पानी जडान गर्नेका लागि पाँच थान टुवेल (कल ) तथा जडान खर्च समेत उपलब्ध गराएका छन ।  

त्यस्तै, सन्तमत सतसंध मंन्दिरमा ग्रिल, गाेविन्द पुर प्रहरी चौकी, शिवालय मंन्दिर, आधारभुत प्राथमिक बिधालयलाई ३ स्थानका आवश्यकता अनुसार पंखा समेत बितरण  गरेका छन । कार्यक्रमलाई संबोधन गर्दे समाजसेवी बस्नेतले भने आफू र आफ्ना भन्दा पनि दुनियाँलाई आफ्नो मान्ने गरेको बताए। 

जसले थोपा थोपा गरेर आर्जित आर्जनलाई बैंक ब्यालेन्स गर्नु भन्दा पनि आम गरिब, असहाय, अशक्त र तिनीहरुको दुखलाई आफ्नै  ठान्दै उनले एउटै काम जो सामाजिक सेवा भएको र सो क्षेत्रमा  सेवाभावले निजी सम्पत्तिका लागि ४० लाख रुपैयाँ भन्दा खर्च गरि सकेको र अबको पाँच वर्षमा यो सेवाको रकमलाई बढाएर  १ करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको बताए।   

मेरो बैंक ब्यालेन्स भनेको नै समाजसेवा गर्नु हो । उनको समाजसेवी देखेर निर्वाचित जनप्रतिनिधिहरुलाई लज्जा बोध बनाउदै गएको समेत देखिन्छ । पछिल्लो समयमा रतुवामाईका सर्वसाधारणहरुले समाजसेवी बलवहादुर बस्नेतलाई अबको नेतृत्व रतुवामाईको जिम्मेवारी दिनुपर्ने युवाहरु बताउँछन् । 

तर उनले भने म अहिले तपाईहरुको दुखमा मलहम पट्टी लगाउदै खुसी छु मलाई यसैमा रमाउन मन छ । नेतृत्वले अहिलेकै जसरी गति छाड्दै शासन गरिरहेका छन्। जनताबाट अनुमोदित भएर पनि सेवालाई निरंतरता दिने उनले बताए । कार्यक्रममा समाजसेवी बलबहादुर बस्नेत,  राजेन्द्र कटुवाल, बरिस्ठ अधिवक्ता माेहन ईङनाम,  बडाअध्यक्ष बुलन्द प्रसाद सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...