News Portal

  • मोरङको रंगेली नगरमा नीजि विधालयका सुर्य प्रसाद गौतम निर्वाचित

    हिमालीसंचार संवाददाता
    ३२२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन रंगेलीमा दोश्रो नगर अधिवेशन सम्पन्न रंगेली ७ मा रहेको मेलिना गेष्ट हउसमा सर्वसम्मतबाट समिति चयन गरि प्याब्सन कार्यसमिति रंगेलीको अध्यक्षमा सूर्य प्रसाद गौतम सर्वसम्म निर्वाचित भएका छन ।

    अध्यक्ष बाहेक अन्य पदमा समेत सर्वसम्मत रूपमा रंगेली  प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो। समितिको सचिवमा  गोपाल भट्टराई,  कोषाध्यक्ष  निराजन दाहाल, सदस्यहरुमा प्रमोद कुमार मण्डल, लक्षमण भगत, षडनन्द दाहाल, राज कुमार राजवंशी गरि सात  जना सदस्य समिति चयन गरिएको छ ।

    प्याब्सन नगर समिति रंगेलीका १३ विद्यालयहरू आवद्ध रहेको छन। सुनवर्सि नगरपालिका भित्र ६ वटा बिधालय रहेको र बिधार्थी संख्या अपुग भएका कारणले गर्दा दोस्रो अधिबेशनबाट सुनवर्सीमा फोकल प्रसनलका रुपमा जितेन्द्र कुमार दासलाई समेत गरिएको निर्वाचन अधिकृत भक्तराज सुब्बाले हिमालीसंचार डटकमसंग बताए ।  

    नयाँ कार्य समितिका निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन अधिकृत भक्तराज सुब्बाले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत वितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि  रंगेली नगरपालिकाका शिक्षा अधिकृत रवीन्द्र पण्डित, अतिथिमा सुनिल पौडेल, बिकर्ण कार्की, जीवन खनाल, मोति ढकाल लगायतको उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

    काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको...

    सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

    काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको...

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...