News Portal

एनआरएन एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा शान्तादेवी अधिकारीको उम्मेदवारी

हिमालीसंचार संवाददाता
१०४१ पटक

मकाउ – गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकका लागि मकाउमा कार्यरत पूर्वअध्यक्ष शान्तिदेवी अधिकारीले आफ्नो उम्मेदवारी धोषणा गरेकी छिन्।

पूर्वअध्यक्ष तथा आइसीसी सदस्य शान्तिदेवी अधिकारीले सन् २००७ सालदेखि एनआरएनए संघमा आबद्ध भएका हुन्।  गैरआवासीय नेपाली संघमा अधिकारीले निरन्तर रुपमा आफ्नो सक्रियता बढाउदै आएकी छिन्।

सन् २०१४ सालसम्म गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय समिति मकाउको सदस्य, त्यसपछि महासचिव हुदै कार्यवाहक अध्यक्षको जिम्मेदार समेत समालेकी अधिकारीले  सन् २०१५ सालदेखि सन् २०१७ आइसीसी सदस्य, सन् २०१७ सालदेखि सन् २०१९ सालसम्म राष्ट्रिय समन्वय समिति मकाउका अध्यक्ष रहेकी अधिकारी सन् २०१९ सालदेखि निरन्तर आसीसी सदस्य रहेकी अधिकारीले एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा आफ्नो उम्मेदवारी दिएकी हुन्। 

बर्तमान आइसीसी सदस्य समेत रहेकी अधिकारीले आफ्ना साथी भाई सबैको सल्लाह बमोजिम एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा आफुले उम्मेदवारी दिने निर्णय गरेकी हिमालीसंचाल डटकमसंग बताएकी हुन्। 

धावकमा समेत आफ्नो परिचय बनाएकी अधिकारीले खेलकूद क्षेत्रका कराते कुमुते अन्तरगतका अब्बल खेलाडि समेत हुन्। अधिकारीले ८ औ राष्ट्रिय खेलकूद अन्तरगत करातेको कुमुतेमा गैरआवासीय नेपाली संधको तर्फबाट सहभागित जनाउदै कास्य पदक समेत हात पारेकी थिईन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...