News Portal

नेपाल आदिबासी जनजाति महासंध मकाउद्वारा अन्तरक्रिया तथा वनभोज कार्यक्रम

हिमालीसंचार संवाददाता
७०४ पटक

मकाउ – नेपाल जनजाति महासंध मकाउले मकाउमा गठित जातिय संधसंस्थाहरुलाई निमन्त्रणा गरेर एक अन्तरक्रियात्मक तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ।

महासंधका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथि गैर आवासीय नेपाली संधका पूर्व आईसीसी सदस्य तथा किरात राई यायोक्खा मकाउका वरिष्ट उपाध्यक्ष मंगल राई आमन्त्रित अतिथिहरुमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष चण्डी योङ्या, मगर संध मकाउका उपाध्यक्ष हिरा बहादुर थापा मगर, शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, मकाउ तामाङ धेदुङ एशोसिएसनका उपाध्यक्ष कलबहादुर तामाङ, तमु गरुङ समाजका अध्यक्ष लिल बहादुर गुरुङ “गोरा” र किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई लगायदका उपस्थिति रहेको थियो। 

मकाउको पोर्तास स्थित आयोजित आन्तरक्रियात्मक कार्यक्रममा संस्थाका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए। महासंधका महासचिव, सचिव र सहसचिव लगायदले महासंध स्थापना गर्नुको औचित्य माथी प्रकाश पारेका थिए। 

आयोजित कार्यक्रममा महासंधका सल्लाहकारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने महासंधका सदस्यहरुलाई महासंधको परिचय पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा नया सदस्य समेत विस्तार गरिएको कार्यक्रम महासंधका सहसचिव विरेन वाईवा तामाङले कार्यक्रम संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...