News Portal

  • नेपाल आदिबासी जनजाति महासंध मकाउद्वारा अन्तरक्रिया तथा वनभोज कार्यक्रम

    हिमालीसंचार संवाददाता
    ६४९ पटक

    मकाउ – नेपाल जनजाति महासंध मकाउले मकाउमा गठित जातिय संधसंस्थाहरुलाई निमन्त्रणा गरेर एक अन्तरक्रियात्मक तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ।

    महासंधका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथि गैर आवासीय नेपाली संधका पूर्व आईसीसी सदस्य तथा किरात राई यायोक्खा मकाउका वरिष्ट उपाध्यक्ष मंगल राई आमन्त्रित अतिथिहरुमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष चण्डी योङ्या, मगर संध मकाउका उपाध्यक्ष हिरा बहादुर थापा मगर, शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, मकाउ तामाङ धेदुङ एशोसिएसनका उपाध्यक्ष कलबहादुर तामाङ, तमु गरुङ समाजका अध्यक्ष लिल बहादुर गुरुङ “गोरा” र किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई लगायदका उपस्थिति रहेको थियो। 

    मकाउको पोर्तास स्थित आयोजित आन्तरक्रियात्मक कार्यक्रममा संस्थाका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए। महासंधका महासचिव, सचिव र सहसचिव लगायदले महासंध स्थापना गर्नुको औचित्य माथी प्रकाश पारेका थिए। 

    आयोजित कार्यक्रममा महासंधका सल्लाहकारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने महासंधका सदस्यहरुलाई महासंधको परिचय पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा नया सदस्य समेत विस्तार गरिएको कार्यक्रम महासंधका सहसचिव विरेन वाईवा तामाङले कार्यक्रम संचालन गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...