News Portal

  • खोटाङमा आत्महत्या दर भयवह अबस्था

    हिमालीसंचार संवाददाता
    १९६ पटक

    खोटाङ – खोटाङमा आत्महत्याको दर वर्षेनी वृद्धि भइरहेको नेपाल प्रहरीले जनाएको छ । सदरमुकाम दिक्तेलमा १९ औं विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय, रेडक्रस सोसाईटी र इन्सेकले जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजना गरेको एक कार्यक्रममा विगत तीन आर्थिक वर्षको तुलनामा हरेक वर्ष आत्महत्या गर्नेको दर वृद्धि भइरहेको तथ्यांक प्रहरीले सार्वजनिक गरिएको हो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सागर शाहले आर्थिक वर्ष २०७५/०७६ मा ३० जना पुरुष, १८ महिला र ३ बालबालिकाले आत्महत्या गरेको जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ४७ पुरुष, २० महिला र ८ बालबालिकाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरेका छन् ।

    यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा २५ पुरुष, १२ महिला र १२ बालबालिकाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको छ । आत्महत्या गर्नेमा ६४.३३ प्रतिशत जनजाती, १९.११ प्रतिशत दलित र १६.५६ प्रतिशत क्षेत्री बाहुन पाइएको प्रहरी निरिक्षक शाहले जानकारी दिए ।

    कार्यक्रममा प्रहरीले आत्महत्या कम गर्नका लागि किटनाशक विषादि, लागू औषध, बन्दुक, डोरी, धारिलो हातहतियार जस्ता आत्महत्याका क्रममा प्रयोग हुने चिजविजमा पहुँच घटाउने, डिप्रेसन, मद्यपान लगायतका मानसिक समस्या भएका बिरामीको उपचार गर्नमा ढिलाइ गर्न नहुने लगायतका सुझाव दिएका छन् ।

    राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले आत्महत्या न्यूनीकरणका लागि जिल्लाका हरेक स्थानीय तहले बजेट व्यवस्था गरेर कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

    ‘आत्महत्या गर्ने दरलाई न्यूनीकरणका लागि हरेक स्थानीय तहले आफै कार्यक्रम बनाउन सक्छन् । मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था गर्न सक्छन्,’ आयोग प्रमुख काफ्लेले भने, ‘प्रत्येक वडामा मनोसामाजिक परामर्शकर्ता राख्न सक्छन् । मनोसामाजिक परामर्शकर्ताको स्थायी दरवन्दीको व्यवस्थाका लागि पहल कदमी गर्न सकिन्छ ।’

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा सहभागीले जिल्लाका तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको, अस्थायी कोभिड अस्पताल दिक्तेलमा कोभिड संक्रमितलाई स्वास्थ्यकर्मी र कर्मचारीबाट रुखो व्यवहार गर्ने गरिएको लगायतका गुनासो गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...