News Portal

  • खोटाङ अर्खौलेका विधार्थीले अनलाइन कक्षा लिन रुखमा बनाए डेरा

    हिमालीसंचार संवाददाता
    ६१७ पटक

    तस्वीर नविन चाम्लिङ

    खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका विधार्थी धनकुमार मगरले अनलाइन कक्षामा सहभागी हुनका लागि रुखमा टाँड बनाएर अनलाईन कक्षा लिदै आएका छन्।

    सरस्वती माध्यमिक विधालय अर्खौले कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा डेरा बनाएर गत महिना दिनदेखि अनलाइन कक्षामा लिई रहेका छन् । मगरले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएका हुन् ।

    विद्यालयले साउन २४ गतेदेखि अनलाइन कक्षाका माध्यमबाट पठनपाठन सुरु गरेपछि छात्र मगरले नेटअर्क टिप्ने ठाउमा डेरा बनाएका हुन्  । तर, नवलपुर सिम्लेमा मोबाइलको डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन । कमजोर कनेक्सनकै कारण धनकुमार हप्ता दिनसम्म अनलाइन कक्षमा सहभागी हुन सकेनन्।

    छात्र मगर भन्छन्,-‘घरभन्दा माथिको डाँडामा निस्केर प्रयास गरेँ तर मोबाईलको डाटा कनेक्सन राम्रो देखिएन । अनि एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ। नभन्दै अझ राम्रो कनेक्सन देखायो । त्यसपछि जुम मिटिङमा जोडिन सफल भएँ।’

    पढाइ छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोजेर भेट्टाएका हुन्। ‘दिनभरि रुखमा बसेर कक्षामा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ’उनले भने । पढाइप्रति मगरले देखाएको लगाव र आकर्षणको निक्कै प्रशंसा जिल्लामा भइरहेको छ । रुखमा बनाएको डेरामा पुग्नका लागि घरबाट १० मिनेट उकालो र थोरै तेर्सो हिँड्नुपर्छ । मगरले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले गर्व महसुस गराएको सरस्वती माध्यमिक विधालय अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताए ।

    सरस्वती माध्यमिक विधालमा कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । आगामी असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाले भदौ २२ गते सूचना जारी गरेको छ । १६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । भाइ नयन कक्षा ८ मा अध्ययनरत छन् । बुवाले अर्को विवाह गरेर छाडेपछि मगर दाजुभाइ आमासँग रहेर अध्यायनलाई निरन्तरता दिईरहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...