News Portal

मोरङको रंगेलीमा रहेको त्रिमुर्ती सहकारीमा भ्रष्टाचार, जग्गा खरिद गर्दा लाखौ घोटला

हिमालीसंचार संवाददाता
१७४६ पटक

रविन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ९ मा रहेको त्रिमुर्ती बचत तथा ऋण सहिकारी संस्थाका अध्यक्ष सहितका सञ्चालकहरुले लाखौ रुपैया घोटला गरको तथ्य फेला परेको छ । संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाको समुहले बचतकर्ताहरुको रकमबाट संस्थामा घोटला गरेको तथ्य फेला परेको हो ।

संस्थाको नाममा जग्गा गरिद गर्दा चलनचल्तीको भन्दा धेरै रकममा जग्गा खरिद गरेको तथ्य फेला परेपछि उक्त रहस्य सार्वजनिक भएको हो । सार्वजनिक संस्थाले जग्गा खरिद गर्दा पालना गर्नु पर्ने नियम समेत पालना नगरि अध्यक्ष निरौला सहितको समुहले मनोमानी जग्गा गरिद गरेको पाईएको हो । 

विस २०७४ सालमा सहकारीका लागि डेढ कट्टा जग्गा गरिद गर्दा चलनचल्तीको भन्दा धेरै कम मुल्यमा खरिद गरेको र मालपोतमा तिरेको राजश्व बराबर संस्थाको लेखापरिक्षणमा नदेखाएको तथ्य फेला परेपछि उक्त प्रकरण सार्वजनिक भएको हो । 

वि स २०७४ सालमा जग्गा खरिद गर्दा १० लाख रुपैयाँ प्रति कठ्ठा बिक्री वितरण भईरहेको जग्गालाई संस्थाले १० लाख ६१ हजारमा खरिद गरेको भएता पनि मालपोत कार्यालय रंगेलीले राजश्व लिएको रसिदमा भने १५ लाख ९१ हजार ५ सय रुपैयाँ थैलि रकम राखिएको छ ।  तर अडिट रिपोर्टमा भने १७ लाख ६१ हजार रुपैयाँमा खरिद गरिएको रिपोर्ट उल्लेख गरिएको  सहकारीका सेयर सदस्य रेवत काफ्लेले बताए । 

सहकारीको अडिट गर्न आउने अडिटरको समेत मिलेमतो हुने गरेको यस्ता घोटलाले पुष्टि गर्छ । १० लाखको जग्गालाई झण्डै १८ लाखमा खरिद गरेको तथ्य भेट्दापनि शेयर सदस्यहरुले भने कुनै प्रतिकृया जनाएका छैनन् । संस्थामा भएको अनियमितताको बारेमा बोल्दा अध्यक्ष सहितको समुहले राजनैतिक तथा सामाजिक हिसाबमा धम्कि दिने तथा अन्य कार्यमा बाधा पार्ने गरेका कारण शेयर सदस्य तथा बचतकर्ताहरु चुपचाप बस्न बाध्य भएको एक शेयर सदस्यले बताए । 

सहकारीका अध्यक्ष निरौलाले संस्थाको रकम समेत हिनामिना गरेको तथ्य फेला परेको हो। उनले संस्थाले खरिद गरेको मल तथा रेमिटेन्समा पनि घोटला गरेको समेत शेयर सदस्यहरु बताउछन् ।

निरौलाले आफुले चलाएको सहकारीको सबै रकम पुराना ब्यबस्थापकको नाममा हालेर आफु पन्छिदै आएका छन् । संस्थामा भएको आर्थिक अनियमिताको बारेमा अध्ययन गर्न स्थानीय सञ्चारकर्मीले सुचनाको हक सम्बन्धि ऐन अनुसार सुचना माग गर्दापनि अध्यक्ष निरौलाले सुचना उपलब्ध गराएका छैनन् । 

उनले आफुले गरेको आर्थिक घोटलाको कर्तुत बाहिरीने डरले सुचना नदिएको संस्थाकै एक शेयर सदस्यले बताएका ।  नेपाली कांग्रेसको सक्रिय राजनितीमा हिड्ने उनी गरिब कृषकका लागि आएको सहयोग समेत आफै राख्दै आएका छन् । 

कानूनी ब्यबस्था अनुसार सरकारी पदमा बसेको कुनैपनि ब्यक्तिले सहकारी तथा राजनैतिक दलको जिम्मेवार पदरमा बस्न नपाउने उल्लेख गरिएको छ। तर उनी राजनैतिक पहुचको आधारमा खुलेआम कानुनलाई समेत चुनौती दिदै आईरहेका छन् ।

उनले विस २०७४ सालको साधारणसभामा सेयर सदस्य तथा सदस्यहरुले सहकारी हिसाब पार्दशी र हुनुपर्ने माग राखिएको भएता पनि उनले मञ्चमा रहेका प्रमुख अतिथि रंगेली नगरपालिका नगरका उपमेयर केशव कुमारी खराल नजिकैबाट उनले भने  मेरो बहुमत छ । कसैले केही गर्ने सक्दैन, जस्ले जे गर्ने सक्छ गरेर देखाउ भन्दै उनी मञ्चबाट नै हिडेको संस्थाका एक सेयर सदस्य रेवत काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...