मोरङमा लुम्बिनी बैक रंगेलीले तीज मनायो

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैंक लिमिटेडले स्थानीय स्तरका महिलाहरुलाई तिज कार्यक्रमको आयोजना गर्नुका साथै दर समेत खुवाएको थियो ।
बैंकले आदर्श टोल, बसपार्क लगायतको स्थानीय महिलाहरुलाई सहभागीगराएर तीज कार्यक्रम गराएको गरेको थियो । आफ्नै कार्यालयको प्राङ्गणमा भएको कार्याक्रममा बैकका मेनेजर द्रुगेस राेनियार, बुद्धिजीवी मचिन्द्र कटुवाल, अम्बिका पाेख्रेल, अनुपमा अधिकारी, लगायत महिलाहरुको उपस्थिति समेत रहेको थियो ।
कार्यक्रममा बैकका प्रमुख राैनिहारले भने महिलाहरुको तीज कार्यक्रममा आफुले साेचे भन्दा उल्लेख्य सहभागी भईदिएकोमा उपस्थित सम्पुर्ण दिदिबहिनीहरुलाई धन्यवाद समेत दिएका थिए ।उनलेे साे कार्यक्रममा बैंकको सेवा सुविधाको बारे समेत महिलाहरुलाई जानकारी समेत गराएका थिए ।
स्थानीय बुद्धिजीवी मचिन्द्र कटुवालले भने यसरी नगरका महिलाहरुलाई बैंकले तीजको कार्यक्रम राखेकोले अहिलेसम्म बैक बितिय संस्थाले यसरी कार्यक्रम गरेकोमा धन्यवाद समेत दिएका थिए । कार्यक्रममा सहभागीहरुले बिभिन्न तिजका गीतमा नृत्य गर्नुका साथै मनाेरञ्न समेत गरेका थिए ।


















