News Portal

  • मोरङमा लुम्बिनी बैक रंगेलीले तीज मनायो

    हिमालीसंचार संवाददाता
    २८३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैंक लिमिटेडले स्थानीय स्तरका महिलाहरुलाई तिज कार्यक्रमको आयोजना गर्नुका साथै दर समेत खुवाएको थियो ।

    बैंकले आदर्श टोल, बसपार्क लगायतको स्थानीय महिलाहरुलाई सहभागीगराएर तीज कार्यक्रम गराएको गरेको थियो । आफ्नै कार्यालयको प्राङ्गणमा भएको कार्याक्रममा बैकका मेनेजर द्रुगेस राेनियार, बुद्धिजीवी मचिन्द्र कटुवाल, अम्बिका पाेख्रेल, अनुपमा अधिकारी, लगायत महिलाहरुको उपस्थिति समेत रहेको थियो । 

    कार्यक्रममा बैकका प्रमुख राैनिहारले भने महिलाहरुको तीज कार्यक्रममा आफुले साेचे भन्दा उल्लेख्य  सहभागी भईदिएकोमा  उपस्थित सम्पुर्ण दिदिबहिनीहरुलाई धन्यवाद समेत दिएका थिए ।उनलेे साे कार्यक्रममा बैंकको सेवा सुविधाको बारे समेत महिलाहरुलाई जानकारी समेत गराएका थिए ।  

    स्थानीय बुद्धिजीवी मचिन्द्र कटुवालले भने यसरी नगरका महिलाहरुलाई बैंकले तीजको कार्यक्रम राखेकोले अहिलेसम्म  बैक बितिय संस्थाले यसरी कार्यक्रम गरेकोमा धन्यवाद समेत दिएका थिए । कार्यक्रममा सहभागीहरुले बिभिन्न तिजका गीतमा नृत्य गर्नुका साथै मनाेरञ्न समेत गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...