News Portal

सर्लाहीको हरिपुरका २४ जनप्रतिनिधिले एमाले छाडेर रोजे एकीकृत समाजवादी

हिमालीसंचार संवाददाता
३१४ पटक

सर्लाही।
नेकपा एमालेबाट निर्वाचित सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको छन्। नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्लेसहित २४ जनाले आज जिल्ला निर्वाचन कार्यालय (मलंगवा) गएर एकीकृत समाजवादीतर्फ सनाखत गरेका हुन्।

नगरप्रमुख मन्सुरले आज ४ जना निर्वाचित अध्यक्ष, एक कार्यपालिका सदस्यसहित २४ जनप्रतिनिधिले समाजवादी पार्टी रोजेको बताए। आज आउन नसकेका अन्य केही जनप्रतिनिधि पनि २२ गतेसम्म आएर सनाखत गर्ने उनले जानकारी दिए।

कतिपयको आज काम परेर आउन नसकेको तर सबैजसो जनप्रतिनिधिले समाजवादी नै रोज्ने उनले दाबी गरे। हरिपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधि ३५ जना छन्।

नेकपा एमालेबाट विद्रोह गरी अलग भएको माधवकुमार नेपाल समूहले गठन गरेको नेकपा (एकीकृत समाजवादी) रोज्ने जनप्रतिनिधिका लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको समय दिएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...