News Portal

  • अञ्जन विष्टले गरेको गोलसंगै नेपालको अग्रता

    हिमालीसंचार संवाददाता
    ४१४ पटक

    नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा नेपालले सुरूवाती अग्रता लिएको छ। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका हुन्।

    कोरोनाका कारणले सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको छ।

    नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो। मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।। नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल हुन लागेको हो। भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेल भएको थियो। उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

    नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। नेपाल भारत दुवै देशले चार खेलमा बराबरी खेलेका थिए। भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ।फिफाको बरियातामा भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेको छ।

    भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ।नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन्। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ।  

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...