News Portal

अञ्जन विष्टले गरेको गोलसंगै नेपालको अग्रता

हिमालीसंचार संवाददाता
५३३ पटक

नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा नेपालले सुरूवाती अग्रता लिएको छ। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका हुन्।

कोरोनाका कारणले सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको छ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो। मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।। नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल हुन लागेको हो। भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेल भएको थियो। उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। नेपाल भारत दुवै देशले चार खेलमा बराबरी खेलेका थिए। भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ।फिफाको बरियातामा भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेको छ।

भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ।नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन्। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ।  

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...