News Portal

बीग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

हिमालीसंचार संवाददाता
५२९ पटक

नयाँ दिल्ली।
बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो। उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ। उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन्।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए। तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन। सिद्धार्थ ‘बीग बोसल १३’को विजेता समेत बनेका थिए। सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो। उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए। यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए।

सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए। उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए। सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...