आज : २०२६-०६-०८, सोमबार

गजल

दल बहादुर शाही

अाऊ समाजका अनैतिक कार्य घटाउनु पर्यो
अाफ्नो कार्य स्थालमा अाफैले खटाउनु पर्यो

गोठै मर्न थालिन रजस्वला भएकी दिदी वहिनी
हामीले अब यस्ता कु -पर्थाहरु हटाउनु पर्यो

भत्ता पचाउन सक्ने तर सत्ता चलाउन नसक्ने
दाँत नभएका प्रतिनिधिलाई धुल चटाउनु पर्यो

यस्तै हो भने धिक्कार्ने छन भविस्यमा हामीलाई
भावि पुस्ताहरुलाई तरिकावद्ध पठाउनु पर्यो

अन्त्य गरौं समाजमा छुवाछूतको परिभाषालाई
चार वर्ण छत्तीस जात एकै ठाँउमा अटाउनु पर्यो।।

कैलाली धनगढी