News Portal

दिलकुमारी खाँणले ल्याईन अर्को तीज गीत “बुवाको आँगनीमा” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७१२ पटक

काठमाडौँ।
रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल)को नयाँ समसामयिक तथा मौलिक तीज गीत “बुवाको आँगनीमा” सार्वजनिक भएको छ। लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ। गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो।

गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो भने, उत्पादन र वितरण “म्युजिकल दिल” युट्युबच्यानल मार्फत आज प्राज्ञ नगेन सिँह ठकुरीले गीतलाई सार्वजनिक गर्नु भएको हो। प्राज्ञ नगेन सिँह ठकुरीले सस्कृति बढाउदैं लैजान पर्ने बताउदै यो बुवाको आँगनीमा तिज गीतमा नेपाली महिलाहरुको पिडा, भोगाई झल्केको हुनाले गित हेरेर सुनेर प्रत्येक नेपाली महिलाले आफ्नै कथा व्यथा सम्झने विश्वास व्यक्त गर्नुभयो।

अनुप अधिकारीले निर्देशन गर्नुभएको भिडियोको सह–निर्देशक सोफि धरेल हुनुहुन्छ। प्रमुख छायाकंन मिलन शंकर र छायाकंन दिपेश केसीले गर्नुभएको भिडियोलाई सम्पादन र कलरिङ्ग नेत्र गुरुङ्गले गर्नुभएको हो। भिडीयोमा जय गुरुङ्गको श्रृंगार रहेको छ।

युवा निर्देशक अनुप अधिकारीले भिडीयो बनाउँदै जादा महिलाहरुले भोग्नु परेको पिडा महसुस भएकाले अझ धेरै मेहनत गर्ने प्रेरणा मिलेको बताउनु भयो। लक्ष्मीले यो गित तीस वर्ष अगाडि आफुले देखेका, भोगेका आधारमा यो गित सृजना भएको जानकारी दिदै गितलाई सबैले मनपराउने विश्वास व्यक्त गर्नुभयो।

गीतको भिडियोमा ईन्दु सेन, नज्योशा सिँह ठकुरी, बुलु शाहा, संगिता पौडेल, ज्योति हमाल, प्राज्ञ नगेन सिँह ठकुरी, विष्णु राज तिमिल्सिना, उज्ज्वल राज ढकाल, प्रभात अधिकारी, रिमा शाहि, आनिया तामाङ्ग, प्रमिसा सिलवाल, झुमा कुमारी शाहि, खिम बहादुर शाहि, आयुष्का श्रेष्ठ, सिम्रन शाहि, सुशिल सुवेदी, सुस्मिता शाहि आदि कलाकारको अभिनय हेर्न पाइन्छ। लक्ष्मी संगितकर्मी संघ कास्कीमा आजिवन सदस्य तथा विभिन्न संघसस्थामा सग्लंन पनि हुनुहुन्छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...