News Portal

महाकाली नदिमा अस्थायी पुल बनाउन भारतले माग्यो नेपालसँग अनुमति

हिमाली संचार संवाददाता
५८७ पटक

किरन धामी
दार्चुला – अन्तराष्ट्रिय सिमा नदिको रुपमा रहेको महाकाली नदिमा अस्थायी काठेपुल लगाउन भारतीय पक्षले नेपाली पक्षसंग अनुमति मागेको छ । भारतको पिथौरागढ जिल्ला अन्तर्गत धारचुला तहशिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांग भन्ने स्थानमा दुई वटा अस्थायी काठेपुल लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुलामा अनुमतिका लागी पत्र पठाएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

पिथौरागढ जिल्ला प्रशासनले सो बाटो भएर जाने मानसरोबर यात्री तथा धारचुला तहशिलका नागरिकलाई आवतजावत गर्न सहज हुने भन्दै अस्थायी काठेपुलका लागी अनुरोध पत्र पठाएको उनले जानकारी दिए । यस अघि लखनपुर र नजांगमा भारतिय पक्षले काठेपुल लगाएकोमा उक्त पुलहरु वर्षातको समयमा बगेका कारण सोही स्थानमै पुल लगाउन भारतीय पक्षले नेपाली पक्ष संग अनुरोध गरेको हो ।

धारचुला तहशिलको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उक्त बाटो भएर चिसोको समयमा आवतजावत गराउन अस्थायी काठेपुल लगाउन अुनरोध गरेको प्रमुख जिल्ला अधिरकारी आचार्यले जानकारी दिए । भारतीय क्षेत्रमा कालापानी सम्म पुग्ने सडक निर्माण भैइरहेका कारण आवतजावत गर्न समस्या भएको भन्दै भारतिय पक्षले अन्तराष्ट्रिय सिमा नदिमाथी अस्थायी काठेपुल लगाउन नेपाली पक्ष संग अनुमति माग गरेको हो । भारतिय पक्षले गरेको अनुरोधका बारेमा गृह मन्त्रालयमा जानकारी गराएको तथा भारतिय पक्षको अनुरोध पत्र समेत पठाइसकेको प्रमुख जिल्ला अधिरकारी आचार्यले बताए ।

यता नेपाली पक्षले समेत भारतिय पक्षलाई अस्थायी काठेपुल लगाउने विषयमा अनुरोध गरेको छ । जिल्लाको ब्याँस गाउँपालिकाको माल र दुम्लिङ्गमा अस्थायी काठेपुल लगाउने विषयमा अनुमति माग गरेको छ । सौका समुदायको आवतजावत सहजहोस भन्नको लागी दुई स्थानमा अस्थायी काठेपुलको अनुमति मागेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । सौका समुदायका नागरिकहरु चिसो छल्न ६ महिना जिल्ला सदरमुकाम खलंगा तथा ६ महिना तिंकर बस्दै आइरहेका छन् । नेपाली पक्षबाट माग भएका स्थानमा सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । नेस

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...