News Portal

  • महाकाली नदिमा अस्थायी पुल बनाउन भारतले माग्यो नेपालसँग अनुमति

    हिमाली संचार संवाददाता
    ४७८ पटक

    किरन धामी
    दार्चुला – अन्तराष्ट्रिय सिमा नदिको रुपमा रहेको महाकाली नदिमा अस्थायी काठेपुल लगाउन भारतीय पक्षले नेपाली पक्षसंग अनुमति मागेको छ । भारतको पिथौरागढ जिल्ला अन्तर्गत धारचुला तहशिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांग भन्ने स्थानमा दुई वटा अस्थायी काठेपुल लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुलामा अनुमतिका लागी पत्र पठाएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

    पिथौरागढ जिल्ला प्रशासनले सो बाटो भएर जाने मानसरोबर यात्री तथा धारचुला तहशिलका नागरिकलाई आवतजावत गर्न सहज हुने भन्दै अस्थायी काठेपुलका लागी अनुरोध पत्र पठाएको उनले जानकारी दिए । यस अघि लखनपुर र नजांगमा भारतिय पक्षले काठेपुल लगाएकोमा उक्त पुलहरु वर्षातको समयमा बगेका कारण सोही स्थानमै पुल लगाउन भारतीय पक्षले नेपाली पक्ष संग अनुरोध गरेको हो ।

    धारचुला तहशिलको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उक्त बाटो भएर चिसोको समयमा आवतजावत गराउन अस्थायी काठेपुल लगाउन अुनरोध गरेको प्रमुख जिल्ला अधिरकारी आचार्यले जानकारी दिए । भारतीय क्षेत्रमा कालापानी सम्म पुग्ने सडक निर्माण भैइरहेका कारण आवतजावत गर्न समस्या भएको भन्दै भारतिय पक्षले अन्तराष्ट्रिय सिमा नदिमाथी अस्थायी काठेपुल लगाउन नेपाली पक्ष संग अनुमति माग गरेको हो । भारतिय पक्षले गरेको अनुरोधका बारेमा गृह मन्त्रालयमा जानकारी गराएको तथा भारतिय पक्षको अनुरोध पत्र समेत पठाइसकेको प्रमुख जिल्ला अधिरकारी आचार्यले बताए ।

    यता नेपाली पक्षले समेत भारतिय पक्षलाई अस्थायी काठेपुल लगाउने विषयमा अनुरोध गरेको छ । जिल्लाको ब्याँस गाउँपालिकाको माल र दुम्लिङ्गमा अस्थायी काठेपुल लगाउने विषयमा अनुमति माग गरेको छ । सौका समुदायको आवतजावत सहजहोस भन्नको लागी दुई स्थानमा अस्थायी काठेपुलको अनुमति मागेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । सौका समुदायका नागरिकहरु चिसो छल्न ६ महिना जिल्ला सदरमुकाम खलंगा तथा ६ महिना तिंकर बस्दै आइरहेका छन् । नेपाली पक्षबाट माग भएका स्थानमा सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । नेस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...