News Portal

अफगानिस्तानका पूर्वमन्त्री जर्मनमा फूड डेलिभरी गर्दा भाइरल भए

हिमालीसंचार संवाददाता
४५३ पटक

रोयटर्स – बर्लिन सय्यद सादात अफगानिस्तानका पूर्वसञ्चारमन्त्री हुन् । उनी सन् २०१६ देखि २०१८ सालसम्म सञ्चारमन्त्रीको जिम्मेवारीमै थिए । गत डिसेम्बरमा उनी उज्ज्वल भविष्यको आशामा जमर्नी गए ।

अहिले उनी जर्मनीको लेइपजिग शहरमा फास्टफुड डेलिभरी गर्छन् । रोयटर्स संचारमाध्यमका अनुसार “मन्त्री भइसकेको मान्छेले यस्तो काम गर्ने भनेर उनलाई सुरुमै परिवारका सदस्यले पनि आलोचना गरेका थिए । तर उनले काम सानो ठूलो हुँदैन भन्दै तत्काल जे काम पाए त्यही सुरु गरे । ‘मलाई यसमा कुनै लज्जित हुनुपर्ने कुरै छैन,’ ४९ वर्षीय ब्रिटिस–अफगान नागरिक सादातले भने । राष्ट्रपतिनिकट व्यक्तिहरुसँगको असहमतिपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनी भन्छन्, ‘मलाई आशा छ अरु राजनीतिज्ञले पनि यही बाटो पछ्याउनुपर्नेछ । लुकेर बस्नुभन्दा सार्वजनिक रुपमै काम गर्नु राम्रो हो ।’ तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि पूर्वमन्त्री सादातको बारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको हो । उनका साथी र परिवार पनि अहिले अफगानिस्तान छाड्ने तयारीमा रहेका छन् । हजारौं अफगानिस्तान सुरक्षित भविष्यको आशमा मातृभूमि छाड्न चाहन्छन् ।

गत बिहीबार मात्रै काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट–खुरासान(आईएस–के) ले गराएको आत्मघाती बम विस्फोटमा १३ अमेरिकी सुरक्षाकर्मीसहित करिब १६० जना अफगानी नागरिकको मृत्यु भएको थियो । उद्धारको पर्खाइमा विमानस्थलमा भीड लागेका बेला विस्फोट गराइएको थियो । अमेरिकी नेतृत्वको नेटो गठबन्धनको सेनाले अफगानिस्तान छाड्ने निर्णय गरेसँगै विभिन्न मुलुकमा शरण खोज्ने अफगानी नागरिकको संख्या पनि ह्वात्तै बढेको छ । त्यसमा पनि जर्मनीमा शरण खोज्ने अफगानी नागरिकको संख्या १३० प्रतिशतले बढेको शरणार्थी र आप्रवासीसम्बन्धी संघीय कार्यालयले जनाएको छ ।

पूर्वमन्त्री सादात ब्रिटिस नागरिक पनि भएकाले बेलायत पनि जान सक्थे तर युरोपेली युनियनबाट बाहिरिने निर्णयसँगै उनी जर्मनी जान चाहे । आर्थिक अवस्था राम्रो होला कि भन्ने देखेर उनले जर्मनी रोजेको बताए । त्यसो त उनी सूचना प्रविधि र टेलिकम्युनिकेसनमा उच्च शिक्षा हासिल गरेका कारण त्यसै क्षेत्रमा काम पाइन्छ कि भनेर उनी जर्मनी गएका थिए । तर जर्मन भाषाबिना त्यो सम्भावना निकै न्यून रहेको छ । उनी भन्छन्, ‘भाषाको ज्ञान निकै महत्त्वपूर्ण कुरा हो ।’

उनले लाइफर्‍यान्डोमा साँझको सिफ्टमा ६ घण्टा खानेकुरा डेलीभरीको काम गर्छन् । त्यसअघि उनी दैनिक ४ घण्टा भाषा स्कुलमा जर्मन भाषा सिक्छन् । ‘सुरुवाती दिनमा त निकै उत्साहित थिए, तर काम भने कठिन छ,’ उनले भने । सहरको ट्राफिकमा साइकल चलाउन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘जति तपाईँ बाहिर जानुहुन्छ, जति मानिसहरू देख्नुहुन्छ, त्यति तपाईंले सिक्ने अवसर पाउनुहुन्छ।’ रोयटर्स संग गर्दै भनेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...