News Portal

धरानमा बन्यो भानुपार्क, पार्क हेर्न स्थानीयको घुइचो

हिमालीसंचार संवाददाता
३३४ पटक

धरान – धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकल लगायदका सवारी साधनहरुले अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाकिन्थ्यो । बाटो हिड्ने हिड्न मान्छेलाई निक्कै अप्ठ्यारो हुन्थ्यो । त्यै ठाउ अहिले पार्कमा परिनत भएको छ।

धरीन नगरपालिका वडा नं. २ कार्यालयको पहल तथा लागतमा आकर्षक पार्क बनेको हो । वडाले जीर्ण भएको सडकलाई आरसिसि ढलान गरि नयाँ बनाइएको हो । धरानको घण्टाघर वालमा धरानको इतिहास झल्काउने पुरानो तस्वीरहरु टाँगेका छन् ।

अहिले उक्त सडक पेटीमा भिडभाड बढेको छ । आकर्षक पार्क बनेपछि त्यहाँ टिकटक बनाउने र सेल्फी खिच्नेहरुको भिड भईरहेको । भानु पार्क नामकरण दिईएको उक्त पार्क र नवनिर्मित घण्टाघर सडकको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि एवं २ नम्बर वडाका अध्यक्ष माधव गोविन्द श्रेष्ठ र बिशेष अतिथि एवं धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले रिबन काटेर उद्घाटन गरेका थिए ।

भानुपार्क एवं घण्टाघर सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश राईका अनुसार पार्क निर्माण गर्न कुल २० लाख ७९ हजार ५०५ रुपैया लागतमा पार्क तथा सडक निर्माण भएको हो। उक्त रकममध्ये १० लाख ८१ हजार ५०५ रुपैया उपभोक्ताहरुको लगानी रहेको छ । अध्यक्ष राईले सहयोगीहरुलाई धन्यवाद पनि दिए । 

उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले स्थानीयबासीले चाहेमा समाज र ठाउँलाई परिवर्तन गर्न सकिने उदाहरण यो पार्क बन्दा प्रस्तुत भएको बताए । उनले पनि सबैको साथ सहयोगले सेल्फी रोड बनेको भन्दै अब संरक्षण गर्न पनि चासो दिन आग्रह गरे ।

वडाअध्यक्ष माधवगोविन्द श्रेष्ठले आफुहरु निवार्चित भएर आएपछि सडक निर्माण, पार्क निर्माणमा केन्द्रीत भएर धरानको मुख्य बजार क्षेत्रको सौन्र्दयीकरण गर्न लागेको बताए । उनले भानुचोक क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउने सोजना रहेको समेत बताए । 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...