आज : २०२६-०७-१५, बुधबार

कुवेतमा इलिगलहरुका लागि भ्याक्सिनकाे व्यवस्था

कुवेत – कुवेत सरकारले गैरकानुनी  ईलिगल  रुपमा बसोवास गर्दै आएका प्रवासिहरुको लागि कोरोना भ्याक्सिनको व्यवस्था गरेको छ । यो अवसर विहिवार सम्मका लागि मात्र रहने जनाइएको छ ।ओफ्रा हेल्थसेन्टरमायत जारी भ्याक्सिन शिविरमा आवश्यक कागजपत्र लियर जानु पर्ने छ।
यता गैरआवासीय नेपाली संघ कुवेतले इल्लिगल नेपाली कामदारहरुलाई खोप प्राप्तिको लागि समन्वय गर्ने भएको छ । नेपाली दुुतवाससग सहज अवस्था सृजना गर्न छलफलमा लमगेको जनाउदै एनसिसि महासचिव दिल कुमार पार्खिनले सबै ईलिगलहरुलाई एनसीसी प्रतिनिधिहरुसग सम्पर्कमाआउन अनुरोध गरेका छन ।

खोपका लागि आवस्यक डकुमेन्ट:

* पासपोर्ट वा सिभिल आइडिको फोटो मोबाइलमा हुनुपर्नेछ।

* मोबाइलमा लोकल कलवाला सिमकार्ड अनिवार्य हुनुपर्नेछ।

* अरुको पासपोर्ट कपि लिएर खोप केन्द्र गएको पाइएमा कुवेत सरकारको कानून बमोजिम ठूलो कारवाही हुनेछ।

थप जानकारिका लागि

उमेश पुडासैनी-66814571

नबराज पराजुली- 50616895

बिजय धामी-60332948