News Portal

मनोज गजुरेलको गाईजात्रामा ओलीको लगानी, इसेवाका मालिक अस्गर अली विचौलिया !

हिमालीसंचार संवाददाता
५५१ पटक

काठमाडौँ।
उपत्यकालगायत देशका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने ‘गाईजात्रा’ परम्परागत, धार्मिक र सांस्कृतिक पर्व हो। पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्ने उदेश्यले राजा प्रताप मल्लले यो पर्व सुरु गरेको ठानिन्छ। गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ। गाईजात्रा पर्वलाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको छ। तर, पछिल्लो समय गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोड्ने गरिएको छ।

गाईजात्रा मनाउने क्रममा विभिन्न संघसंस्थाहरुले औपचारिक कार्यक्रम नै आयोजना गर्ने गरेका छन्। विशेष गरी प्रज्ञा प्रतिष्ठान तथा सिस्नोपानी नेपालले यस्ता कार्यक्रम गर्ने गरेका छन् भने हाँस्य कलाकार मनोज गजुरेल लगायतका कालाकारले पनि गाईजात्रामा विशेष कार्यक्रम गर्ने गरेका छन्। कोभिडले सामाजिक जीवन सीमित हुँदा हाँस्य कलाकारले अहिले भने टेलिभिजन र युट्युवमा सिमित हुनु परेको छ।

लामो समयदेखि गाइजात्रा हाँस्यव्यंग्यको अनुभव सम्हालेका वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले आफ्नै युट्युव च्यानल ‘गजुरियल’ मा गाइजात्रे कार्यक्रम अपलोड गर्छन्। गजुरेलले यसपटक शैलेन्द्र सिंखडा र पछिल्लो समय रियालिटी सोबाट आएका युवायुवतीहरुको साथमा गाइजात्रा हाँस्यव्यंग्य प्रस्तुत गरिरहेका छन्। कलाकार सुबोध गौतमले केपी ओली, मुकुन्दे, पुण्य गौतम, रवि लामिछाने चरित्रमा कालाकारीता प्रस्तुत गरिरहेका छन्।

हाँस्यव्यंग्यको केन्द्रमा भने राजनीति, समाज र विकृति लगायतका विषयवस्तु समावेश हुने गरेका छन्। खास गरी संस्कृतिको जगेर्ना राष्ट्रियताको संवर्धन तथा वर्षभरीका वेथीति, विकृती र विसंगतीहरुलाई न्यूनिकरण गर्न खवरदारी गर्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरिएको छ। तर, यस वर्षको गाईजात्रा हेर्दा राजनीतिमा भित्रिएको विकृति र विसंगती विरुद्ध ब्यंग्य गर्ने कार्यक्रमनै राजनीतिवाट प्रभावित भएको हो की ? भन्ने आशंकाहरु उत्पन्न भएका छन्।

समग्रमा हेर्दा विगत तीन वर्षको नेपालको राजनीति नेकपा एमालेका अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सेरोफेरोमा घुमेको छ। ट्रष्ट र सरकारी जग्गा यति समूहलाई हस्तान्तरण, मेडिकल उपकरणमा अरवौ भ्रष्टाचार, वाइडबडी काण्ड, ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको ठेक्का, सेक्युरिटी प्रेस मेसिन खरिदमा ७० करोडको बार्गेनिङ, दिनदहाडै सांसदको अपहरण, पार्टी फुटाउन दल विभाजनको अध्यादेश, अमेरिकी परियोजना ‘एमसिसी’ सम्झौंता पारित गर्न जोडजुलुम तथा पारित नहुँदै कार्यान्वयन सम्झौता, पटक–पटक संसद विघटन, राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अप्राकृतिक सम्वन्ध, ‘रअ’ प्रमुखसँग मर्यादाविपरित गोप्य भेट र साँठगाँठलगायतका दजर्नौ काण्ड ओलीको समयमा भएका छन्। यी यावत कारणले सत्तारुढ गठवन्धनले ओलीलाई प्रतिगामी समेत भन्ने गरेका छन्।

तर, यस पटक गजुरेलको गाईजात्राको तारो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा मधेशवादी दलका नेता राजेन्द्र महतो, एमाले फुटाएर नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेता परेका छन्। ओलीको आलोचना गरेजस्तो देखाएर अरुको धुवाँदार ब्यंग्य गर्नुले गजुरेलको “गाइजात्रे कार्यक्रम” प्रायोजित हो की ? भनेर शंका गर्ने ठाउँ वनेको छ।

अर्कोतर्फ यो कार्यक्रमको मुख्य प्रायोजक हो– विद्युतीय भुक्तानी सेवाप्रदायक “इसेवा”। प्रधानमन्त्रीका आईटी विशेषज्ञसमेत रहिसकेका अस्गर अलि इसेवाको मालिक हुन। यसरी कार्यक्रमको मुख्य प्रायोजक इसेवा रहनु र अध्यक्ष ओली विरुद्ध सामान्य टिकाटिप्पणी वाहेक प्रायः सम्पुर्ण कार्यक्रम प्रचण्ड, उनको पार्टी र त्यसका नेता तथा नेपाली कांग्रेस, सभापति शेरवहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा र अन्य नेताहरुमा केन्द्रित हुनुले दर्शक तथा स्रोताले गजुरेललाई प्रतिगामीको मतियार भन्न थालेका छन्। गजुरेलको कार्यक्रममा अस्गर अलिमार्फत ओलीले नै लगानी गरेको कतिपय कलाकारहरुको आशंका छ।

मनोज गजुरेल लगायतका कलाकार झापाकै हुनु, कार्यक्रमलाई इसेवाले प्रायोजन गर्नु र अधिकांश ब्यंग्यात्मक कार्यक्रम प्रचण्ड, देउवालगायतका माओवादी र कांग्रेसका नेतामा केन्द्रित हुनुले अध्यक्ष ओलीकै लगानी र डिजाईनमा गाईजात्रे कार्यक्रम सञ्चालन गरिएको उनीहरु टिप्पणी गर्छन।

स्रोतका अनुसार प्रधानमन्त्री हुँदा अध्यक्ष ओलीले आफनो क्षेत्रका र आफु नजिकका कालाकारहरुलाई विभिन्न माद्यमले सहयोग गर्ने गरेका थिए। यस पटक गजुरेलले गाईजात्रा मार्फत त्यही ऋण चुक्ता गरेको कतिपय कलाकारहरु नै वताउँछन्। जानकारी अनुसार मनोज गजुरेलको जन्म विक्रम सम्वत् २०३१ अषाढ २६ गते ताप्लेजुङको मामांखे गाउँमा भएपनि उनको परिवार झापाको दमकमा बसाइँ सरेको थियो। पिता भवानीप्रसाद गजुरेल र माता इन्द्रमाया गजुरेलका कान्छा छोरा मनोजको वास्तविक नाम मायानाथ गजुरेल हो। ४ दिदी २ दाजुहरू रहेका गजुरेलले ६ महिनाको हुँदा नै बाबुलाई गुमाउनु परेको थियो। – नेपालआजबाट

प्रतिकृया दिनुहोस्

नयाँ शक्तिप्रति जनताको भरोसा : राष्ट्रिय स्वतन्त्र पार्टीमाथि ठूलो जिम्मेवारी

काठमाडौँ -नेपाली राजनीतिमा यतिबेला महत्वपूर्ण मोड आएको देखिएको छ। लामो समयदेखि सत्ता चलाउँदै आएका पुराना...

आज २०८२ साल फागुन २४ गतेको राशिफल

आज फागुन २४, २०८२ ( मार्च ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...