News Portal

एनआरएनए कुवेत र पत्रकार महासंघ कुवेत शाखाबीच छलफल

हिमालीसंचार संवाददाता
४५७ पटक

कुबेत – गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमिति र नेपाल पत्रकार महासंघबीच गत अगस्ट २०, २०२१ शुक्रबार कुवेतको खैतानमा छलफल सम्पन्न सम्पन्न भएको छ। छलफल कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतको तर्फबाट अध्यक्ष रणध्वज लामा, उपाध्यक्ष माधव शाही, माहसचिव दिलकुमार पाख्रिन, महिला संयोजक रमिता योन्जन तथा सल्लाहकार लोमस बास्तोला , प्रवक्तामा केशर घलान र सदस्यमा जय नारायण थारु बिजय थामीको समेत उपस्थित थियो।

नेपाल पत्रकार महासंघ कुबेतबाट अध्यक्ष नबराज पन्थी, उपाध्यक्ष एकराज मल्ल, कोषाध्यक्ष मनोज थापा र सहसचिव हरि बानियाँ र सदस्यमा बिजय लामाको उपस्थिति रहेको थियो। सभाको अध्यक्ष नवराज पन्थी गरेका भने, स्वागत मन्तव्य उपाध्यक्ष मल्लले गरेका थिए। उक्त कार्यक्रमको संचालन सहसचिव हरि बानियाँले गरेका थिए।

एनआरएनए कुबेतको सन् २०२१-२०२३ कार्याकालका नवनिर्वाचित कार्यसमिति र पत्रकारहरुबीच कुवेत नेपाल पत्रकार महासंघ कुवेत शाखा छलफल सम्पन्न भएको छ।एनआरएनए कुबेतले अघि सारेका योजनाहरुको जानकारी गराउदै अध्यक्ष रानाध्वज लामाले कार्यलाई प्राथमिकत राखेको बताए।

उनका अनुसार उपसमिति गठन गरेका छौ।जसले काम गर्न सहजहोस्‌ र सार्थकता पाहोस भन्ने हो। हामी हरबखत प्रबासीनेपालीको दुख पिडामा मलम लगाउन साथ्‌ रसहयोगमा तत्परछौ। तर समस्या बताउन साथ्‌ एनआरएनएले एकैदिनमा समाधान गर्छ भन्ने जसरी कल आउने म्यासेजआउने दवाब आउने बताउदै अध्यक्ष लामालेसमस्या पहिचान गर्न त समय चाहियो नी त्यस बारेमाबुझिदिन सबैमा आग्रह गरेका छन। मुख्य समस्या केहोपहिचान हुनासाथ एनआरएनएबाट गर्न सकिने भएतत्काल प्रक्रिया अघि बढाउने नत्र नेपाली दुताबास, सम्बन्धित निकायमा समन्वय गर्दै समाधान गर्न तिरसक्रिय रुपमा लाग्नै छौ उनले थपे।

काम गर्दा हुनी कमि कमजोरी औल्याउँन पत्रकारहरुलाई आग्रह गर्दै कुबेतमा रहेका ट्राभल एजेन्सी, मनिएक्सचेन्ज, नेपाली रेस्टुरेन्टहरुमा एनआरएनए कुबेतको सदस्यता लिएका नेपालीलाई बिशेष छुटको ब्यबस्था मिलाउन आफुहरुले अभियान शुरु गरेको बताउदै अनलाइन श्रम बिकृति, घर बिदामा गएका नेपालीहरुलाई सहज रुपमा कुबेत फर्किने बाताबरण बनाउन नेपाली दुताबास र समबन्धित निकायलाई समेत अनुरोध गरेको अध्यक्ष लामाले जानकारी दिएका थिए।

महासचिव पाख्रीनले २०२१-२३ कार्यकालमा नेपाल २ वटा प्रोजेक्टदिने सस्थागत निर्णय भएको जानकारी दिदै शिक्षा र स्वास्थ्य केन्द्रि हुने र कार्यन्वन गरिने बताए धन्नै २ हजार माथि एनआरएनएको सदस्यता लिएका र सिंगो कुबेतबासी नेपालीहरुलाई एनआरएनए आफ्नो महसुस हुने गरि कार्य गर्न आफुहरुले योजना बनाएको महासचिव पाख्रीनले बताए । 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...