News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हेटौँडा उपमहानगरपालिकाले साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने

    हिमाली संचार संवाददाता
    ४९५ पटक

    हेटौँडा – हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

    सो अवसरमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले हेटौँडा अस्पतालमा निःशुल्क रुपमा मिर्गौला डायलासिस गर्नका लागि काम शुरु गर्न लागिएको बताउँदै मिर्गौला डायलासिसका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउनका लागि उपमहानगरपालिकाले हेटौँडा अस्पताल सँगको सहकार्यमा सो अभियान शुरु गरिएको जानकारी दिए ।

    हेटौँडामा भ्यू टावर सहितको सफा, सुन्दर र ठूलोे बसपार्क निर्माण गरिने योजना रहेको बताउँदै उनले स्वदेशी उत्पादनलाई प्रवद्र्धन हुनेगरी मेला महोत्सव गर्ने कार्यलाई प्रोत्साहन गर्ने नीति उपमहानगरपालिकाको रहेको धारणा व्यक्त गरे ।

    प्रमुख महतले विभिन्न खालका दुई दर्जन भन्दा बढी सिफारिश निःशुल्क रुपमा गर्ने गरेको चर्चागर्दै उपमहानगरपालिकाले निर्माण गरेका सडकलाई फराकिलो पार्ने र त्यहाँ फलफूल लगाउने काम जारी राखेको बताए ।

    उपमहानगरपालिकाले कभर्डहल निर्माणमा रु डेढ करोडभन्दा बढी खर्च गरिसकेको उल्लेख गर्दै उनले टाटा सुमो व्यवस्थापन, मोटरसाइकल पार्किङ व्यवस्थापन, कान्तिलोक पथमा रोड डिभाइडर, वृक्षरोपण तथा सडक पेटीमा पुष्प बगैँचा निर्माणलगायत महत्वपूर्ण काम गरिएको बताए ।

    आम्दानी रु एक अर्ब ४२ करोड

    उपमहानगरपालिकाले गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी कूल रु एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार आम्दानी गरेको छ । तीमध्ये रु एक अर्ब २४ करोड तीन लाख बाह्य र रु १८ करोड ९२ लाख ८९ हजार आन्तरिक आम्दानी गरेको छ । कूल आम्दानीमध्ये उक्त अवधिमा रु एक अर्ब १५ करोड नौ लाख खर्च गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

    यसैगरी गत आवमा सानाठूला योजना गरी ४६८ वटा योजना सम्पन्न भएका छन् । तीमध्ये सामाजिक विकासतर्फ १३७ वटा योजना सम्पन्न भएको उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले बताए ।

    प्रतिकृया दिनुहोस्

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...