News Portal

लक्ष्मी खाँण हमालको तीज गीत “शिरफूल” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१४२१ पटक

काठमाडौँ।
रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत “शिरफूल” सार्वजनिक भएको छ। लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ। गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो। गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो। उत्पादन र वितरण म्युजिकल दिल युट्युब च्यानलमार्फत प्राज्ञ नगेन सिँहले गीतलाई सार्वजनिक गर्नु भएको हो।

प्राज्ञ नगेन सिँह ठकुरीले सस्कृति बढाउदैं लैजानुपर्ने बताउदै यो शिरफूल तीज गीतमा सस्कृति, मौलिकपन र ईतिहास झल्केको हुनाले भव्य र सभ्यका साथ यसै गितमा नाचेर हरितालिका तिज मनाउन सबैमा अनुरोध गर्नुभयो। धनकुमारी हमालले आफ्नो पालाको गीत सुन्न नपाईएकोले छोरीलाई गीत गाउन आग्रह गरेको बताउदैं आफ्नो पालाको गीतहरु राम्रा रहेको पनि बताउनु भयो।

अनुप अधिकारीको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको छायाकंन तथा सम्पादन दिपेश कसीले गर्नुभएको हो भने, कोरियोग्राफर बिनोद गिरी हुनुहुन्छ। भिडीयोमा यमुना मल्लको श्रृगार रहेको छ। युवा निर्देशक अनुप अधिकारीले आफ्नो पहिलो तिज गित भएकोले भिडीयो बनाउन धेरै मेहनत गरेको र युवाहरुले आफ्नो सस्ंकृति बिर्सन नहुने बताउनु भयो।

लक्ष्मीले तीजको बेलामा माइत गएर दिदीबहिनीहरु मिलेर आफ्नो कहानी गाएर रमाइलो गरेको कुरालाई गीत मार्फत निकै सरल तरिकाले प्रस्तुत गर्न खोजिएको र विवाह गरेर पराइघर गएका चेलीलाई तीजको महत्व कति हुने गर्दछ भनेर प्रष्ट्याउन खोजिएको बताउनु भयो।

गीतको भिडियोमा सलिना बराल, आयुसा महत, ईन्दु सेन, स्मृति सुवेदी, नज्योशा सिँहको नृत्य हेर्न पाइन्छ। यसैगरी गितमा गङ्गा बहादुर हमाल, धनकुमारी हमाल, शारदा हमाल पराजुली, राममाया शाह, दिल कुमारी खाँण(लक्ष्मी हमाल), कोपीला शाही, सरिता हमाल सेन, ज्योती हमाल, तारा हमाल भुजेल (दिपा)लगायत सरस्वती बराल, निशा बराल, अस्मिता बराल, सुस्मिता बराल अनिशा बराल, सविता सापकोटा, बिनु गुरुङ्ग, रिमा शाही, यमुना मल्ल, बिष्णु महत, चन्द्रकला थापा, पुर्णवती शाही, सिर्जना शाही, शुष्मा बराल कलाकारको अभिनय भिडियोमा देख्न सकिन्छ।

लक्ष्मी संगितकर्मी संघमा आजिवन सदस्य तथा विभिन्न संघसस्थामा आबद्ध हुनुहुन्छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...