News Portal

काबुलबाट उडेको शैनिक विमानदेखि अफगानी नागरिक आकाशबाट खस्यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२७७१ पटक

ऐजेन्सी – अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि अफगानी नागरिक आफ्नो ज्यानै जोखिममा राख्दै सोमबार आकाशमा उडिरहेको विमानको चक्कादेखि खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना अफगानी नागरिक उडिरहेको विमानदेखि खसेको बताइएको छ ।

काबुल शहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू खसेको भिडियो पनि सार्वजनिक भएको छ । उडिरहेको विमानबाट मानिसहरू खस्दै गरेको देख्न सगिप स्योलुले आफ्नो ट्टीटरमा उल्लेख गरेका छन् । उनीहरू सैन्य विमानको टायरमा बसेर भाग्न खोजेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेका देखिन्छ । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेको तस्वीर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...