News Portal

कसैसँग बदला लिँदैनौं : तालिवान प्रवक्ता सुहैल शाहीन

हिमालीसंचार संवाददाता
७५६ पटक

काठमाडौं – अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् ।

बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा प्रवक्ता शाहीनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ । कसैसँग पनि बदला लिने छैनौं ।’

प्रवक्ता शाहीनले आफूहरु अफगानिस्तानका नागरिकको सेवक रहेको बताउदै ‘काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भएको बताउदै थप भन्छन् “हामी शान्तिसँग सत्ता चाहन्छौं” उनले भनेका छन् ।

तालिवानको सरकारमा अफगानिस्तानका नागरिकको प्रतिनिधित्व रहन्छ । तालिवानमा आवद्ध नभए पनि सरकारमा सामेल हुन सक्छन् । उनले प्रस्ट भनेका छन्। तालिवानले शान्ति सुरक्षा कायम गर्न राजधानी शहर काबुलमा आफ्ना लडाकु परिचालन भएको बताए । 

काबुलका कतिपय इलाकामा चोरी र लुटपाट भएको सूचना आएको भन्दै तालिवानले उसका लडाकु अराजक तत्वलाई रोक्न शहरमा परिचालन भएको बताएको छ। तालिवानले आफ्ना लडाकुलाई नागरिकलाई दुख नदिन र कसैको घरमा नजान निर्देशन दिएको समेत बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...