News Portal

कसैसँग बदला लिँदैनौं : तालिवान प्रवक्ता सुहैल शाहीन

हिमालीसंचार संवाददाता
७९० पटक

काठमाडौं – अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् ।

बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा प्रवक्ता शाहीनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ । कसैसँग पनि बदला लिने छैनौं ।’

प्रवक्ता शाहीनले आफूहरु अफगानिस्तानका नागरिकको सेवक रहेको बताउदै ‘काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भएको बताउदै थप भन्छन् “हामी शान्तिसँग सत्ता चाहन्छौं” उनले भनेका छन् ।

तालिवानको सरकारमा अफगानिस्तानका नागरिकको प्रतिनिधित्व रहन्छ । तालिवानमा आवद्ध नभए पनि सरकारमा सामेल हुन सक्छन् । उनले प्रस्ट भनेका छन्। तालिवानले शान्ति सुरक्षा कायम गर्न राजधानी शहर काबुलमा आफ्ना लडाकु परिचालन भएको बताए । 

काबुलका कतिपय इलाकामा चोरी र लुटपाट भएको सूचना आएको भन्दै तालिवानले उसका लडाकु अराजक तत्वलाई रोक्न शहरमा परिचालन भएको बताएको छ। तालिवानले आफ्ना लडाकुलाई नागरिकलाई दुख नदिन र कसैको घरमा नजान निर्देशन दिएको समेत बताए। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...