News Portal

नेताहरूको एउटै स्वर : अफगानिस्तानमा रहेको नेपालीको तत्काल उद्वार गर

हिमालीसंचार संवाददाता
३५० पटक

काठमाडौं – अफगानिस्तानमा तालिबान र सरकार बीच द्वन्द्व उत्कर्षमा पुगेको छ। थुप्रै शहर नियन्त्रणमा लिएपछि तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्न थालेका छन् । अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्वार गर्न नेताहरूले सरकार सङ माग गरेका छन् ।पुर्व प्रधानमन्त्री तथा जसपा अध्यक्ष बाबुराम भट्टराईले टुइट गर्दै लेखेका छन् ” अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!”

 

त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले पनि अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश ल्याउन आग्रह गरेका छन् । उनले लेखेका छन् ” -अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।  त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गर्दै अफगानिस्तानमा रहेका नेपालीको यथासिघ्र उद्वार गरेर स्वदेश फर्काउन आग्रह गरेका छन् । किरणले सार्क रास्ट्र हुनुको नाताले अफगानी नागरिकको शान्ति,स्थायित्व र जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न नेपाल पछाडि हट्न नहुने सुझाव दिएका छन् ।

सत्तासिन पार्टीका युवा नेता गगन कुमार थापाले प्रतिनिधिसभा बैठकमा अफगानिस्तानमा रहेका नेपाली उद्वार गर्न ध्यानाकर्षण गराइसकेका छन् ।अमेरिकी सेनाले अफगानिस्तान छोडे सङै तालिवानहरुले एकपछि अर्को शहर कब्जा गर्दै गएका छन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...