News Portal

नेताहरूको एउटै स्वर : अफगानिस्तानमा रहेको नेपालीको तत्काल उद्वार गर

हिमालीसंचार संवाददाता
४०६ पटक

काठमाडौं – अफगानिस्तानमा तालिबान र सरकार बीच द्वन्द्व उत्कर्षमा पुगेको छ। थुप्रै शहर नियन्त्रणमा लिएपछि तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्न थालेका छन् । अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्वार गर्न नेताहरूले सरकार सङ माग गरेका छन् ।पुर्व प्रधानमन्त्री तथा जसपा अध्यक्ष बाबुराम भट्टराईले टुइट गर्दै लेखेका छन् ” अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!”

 

त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले पनि अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश ल्याउन आग्रह गरेका छन् । उनले लेखेका छन् ” -अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।  त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गर्दै अफगानिस्तानमा रहेका नेपालीको यथासिघ्र उद्वार गरेर स्वदेश फर्काउन आग्रह गरेका छन् । किरणले सार्क रास्ट्र हुनुको नाताले अफगानी नागरिकको शान्ति,स्थायित्व र जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न नेपाल पछाडि हट्न नहुने सुझाव दिएका छन् ।

सत्तासिन पार्टीका युवा नेता गगन कुमार थापाले प्रतिनिधिसभा बैठकमा अफगानिस्तानमा रहेका नेपाली उद्वार गर्न ध्यानाकर्षण गराइसकेका छन् ।अमेरिकी सेनाले अफगानिस्तान छोडे सङै तालिवानहरुले एकपछि अर्को शहर कब्जा गर्दै गएका छन् ।

 

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...